महुली लघुवित्तको मर्जर समिति गठन, तीन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश

Sep 09, 2019 10:44 AM Merolagani



महुली लघुवित्त वित्तीय संस्था (MSLB) ले पनि मर्जरमा जान मर्जर समिति गठन गरेको छ। कम्पनीको भदौ २० गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अन्य लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्न तथा गाभिन आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि मर्जर समिति गठन गरेको हो।

कम्पनीले सञ्चालक भानुभक्त निरौलाको संयोजकत्वमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी ३ सदस्यीय मर्जर समिति गठन गरेको हो। मर्जर समितिको सदस्यमा केशव प्रसाद भण्डारी र सदस्य सचिवमा रोसन कुमार मण्डर रहेको कम्पनीले जनाएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लघुवित्त कम्पनीहरुलाई समेत मर्जरको लागि प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु ल्याएको छ। राष्ट्र बैंकको मर्जर नीति अनुसार नै हाल अघिकांश लघुवित्त कम्पनीहरुले मर्जरको बाटो रोज्न थालेका छन्।

सप्तरीमा केन्द्रीय कार्यालय रहेको महुली लघुवित्तको चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ छ। 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।