पूँजी बजारको स्थायित्वको लागि लगानीगत विविधता र कारोबार लागत घटाउन आवश्यक: अर्थमन्त्री

Sep 10, 2019 01:35 PM Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा स्थायित्वका लागि लगानीगत विविधता र कारोबार लागत घटाउन आवश्यक रहेको बताएका छन्। हाल इक्वीटी मार्केट र बैंकिङ्ग क्षेत्रको मात्रै हाबी रहेको बजारमा लगानीगत विविधताका लागि वास्तविक क्षेत्रका कम्पनीहरु र अन्य मौद्रिक उपकरणहरुलाई समेत चलायमान बनाउनुपर्ने उनले बताए।

एशिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एसिया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप (एसीजी) को २३ औं वार्षिक साधारण सभालाई मंगलबार सम्बोधन गर्दै खतिवडाले नेपालको पूँजी बजारमा इक्वीटी मार्केट र बैंकिङ्ग क्षेत्रको मात्रै हाबी रहेको भन्दै धितोपत्रको दोस्रो बजारमा कमोडिटी मार्केट, डिबेञ्चर र सरकारी ऋणपत्र जस्ता थप मौद्रिक उपकरणको कारोबारलाई प्रभावकारी बनाउनुपर्ने बताए। 

कुनै एक क्षेत्रका कम्पनीहरुको मात्र बाहुल्यता कायम रहँदा पूँजी बजारलाई बनावटी कुराहरुको प्रभाव पर्ने अवस्था रहेको भन्दै उनले पूँजी बजारलाई त्यसबाट मुक्त गर्नुपर्ने बताए। जसका लागि लगानीकर्ता स्मार्ट हुनुपर्ने उनको भनाई थियो। पूँजी बजार सरकारी नीति नियम, मौद्रिक नीतिहरुबाट प्रभावित हुने भएपनि यसबाटै अधिक प्रभावित हुन नहुने उनको धारणा छ।

शेयर बजार ओरालो लागिरहेको सन्दर्भमा अर्थमन्त्री खतिवडाले नियामक निकायले मुनाफालाई मात्र नहेरी शेयर कारोबार लागत र छिटो राफसाफ हुने व्यवस्था गरेर लगानीकर्तालाई कारोबारमा प्रोत्साहित गर्नुपर्ने बताए। 

शेयर बजार कागजी युगबाट डिजिटल युगमा प्रवेश गरिसकेको भन्दै अझै पनि डिबेञ्चर र सरकारी ऋणपत्रको कारोबार शुन्य रहेको भन्दै यसलाई अभौतिकिकरण गरेर नियमित कारोबार हुने व्यवस्था गर्नुपर्ने धारणा राखे। 

अर्थमन्त्री खतिवडाले प्रविधिसँगै जोखिम पनि भित्रने भन्दै पूँजी बजारलाई प्रविधियुक्त र जोखिरहित बनाउने मुद्धामा अगाडि बढ्नुपर्ने बताए। यस्तै उनले एशियाली शेयर बजारलाई विश्वको शेयर बजारलाई अगुवाई गर्ने अवस्थामा पुर्याउनुपर्ने आवश्यकता औंल्याए। 

यस्तै सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले विभिन्न संघ संस्थाहरुसंगको अनुभव आदान प्रदान, प्रविधिक सहायता तथा परामर्श प्राप्त हुने तथा अन्तर्राष्ट्रिय जगतलाई नेपालमा वैदेशिक लगानीको अवसरका बारेमा जानकारी गराउने अवसर रहेको हुँदा नेपालको पूँजी बजारको विकासमा टेवा पुग्ने बताए।

नेपालमै पहिलो पटक हुन लागको साधारण सभाले केन्द्रीय निक्षेप सेवा प्रदायकहरुले लगानीकर्ताहरुलाई प्रदान गरिरहेका सेवा तथा त्यसका चुनौतिहरुको विषयमा केन्द्रित रही विश्व पूँजी बजारको मञ्चमा केन्द्रीय निक्षेप सेवा प्रदायकहरुको वर्तमान अवस्थाको बारेमा सभामा छलफल हुनेछ ।

सभाले वर्तमान अध्यक्षको कार्यकाल यसै वर्ष सकिने भएकोले नयाँ नेतृत्वको लागि पनि निर्वाचन गर्नेछ । साधारण सभामा एशिया प्रशान्त क्षेत्रमा रहेका ३५ वटा सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । साधारण सभा भदौ २६ गतेसम्म तीन दिन सम्म संचालन हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।