जानकी फाइनान्सको नाफा घट्यो

Sep 15, 2019 03:10 PM Merolagani

जानकी फाइनान्स (JFL)ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ११ करोड ९६ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले थोरै हो । अघिल्लो आवमा फाइनान्सले १२ करोड ७६ लाख रुपैयाँ ४५ हजार खुद नाफा आर्जन गरेको थियो ।

चौंथो त्रैमाससम्म फाइनान्सले २ अर्ब ३ करोड ८३ लाख निक्षेप संकलन गरी २ अर्ब १३ करोड ९१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

यस अवधिमा फाइनान्सले १७ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको तुलनामा १०.२३ प्रतिशतले धेरै हो। अघिल्लो आवमा फाइनान्सले १५ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी ४९ करोड २१ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ।

फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३४ पैसाले घटेर २४ रुपैयाँ ३० पैसा कायम छ। अघिल्लो आवमा फाइनान्सको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ६४ पैसा थियो ।

जानकी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट कूल २३.१६ लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको भदौ २० गते सम्पन्न २८५ औं बैठकले २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

फाइनान्सको गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित बोनस पश्चात ६० करोड ४ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। उक्त लाभांश पारित हुन बाँकी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।