बजेट खर्च निराशजनक, दुई महिनामा साढे ४ प्रतिशत मात्र

Sep 20, 2019 05:39 PM Merolagani

चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि सरकारले चालु, पूँजीगत र वित्तीय खर्च गरि कूल बजेटको साढे ४ प्रतिशत मात्र खर्च गर्न सकेको देखिएको छ। गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार गरेको सरकारको खर्च गर्ने प्रवृत्ति भने पुरानै देखिएको हो।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज २ गतेसम्म ४.५६ प्रतिशत अर्थात ६९ अर्ब ८७ करोड ८ लाख रुपैयाँ बराबरको मात्र बजेट खर्च भएको देखिएको छ।

अघिल्लो वर्ष यसै अवधिमा कूल बजेटको ८.३१ प्रतिशत अर्थात १ खर्ब ९ अर्ब २३ करोड ८८ लाख रुपैयाँ बजेट खर्च भएको थियो। बजेट खच गत वर्षको तुलनामा पनि अझै घटेको हो । 

बाह्र महिनामा खर्च गरिसक्नुपर्ने सो बजेटमा समानुपातिक रुपमा खर्च गर्ने हो भने कूल बजेटको प्रतिमहिना ८.३३ प्रतिशत बजेट खर्च गर्नुपर्छ। तर सरकारले दुई महिनामा ४.५६ प्रतिशतमात्र खर्च गर्नुले चालु आर्थिक वर्षमा पनि अन्तिम समयमा मात्र बढी खर्च हुने स्थितिको संकेत देखा परेको छ ।

आर्थिक वर्षको सुरुमा खर्च नै नहुने तथा भएपनि समयमा भुक्तानी नहुने र बजेटजति आर्थिक वर्षको अन्त्यमा खर्च प्रणालीले भ्रष्टाचार र असारे विकासलाई प्रशय मिल्दै आइरहेको छ। २ महिना बितिसक्दा साढे ४ प्रतिशतमा बजेट खर्च हुनुले चालु आवमा पनि त्यसले निरन्तरता पाउने संकते गर्छ।

चालु आर्थिक वर्षको बजेटमा चालु खर्च अन्तर्गत छुट्याएको ९ खर्ब ५७ अर्ब रुपैयाँमध्ये असोज २ गतेसम्म ६.६१ प्रतिशत अर्थात ६३ अर्ब २५ करोड ३० लाख रुपैयाँ मात्र खर्च भएको देखिएको छ। सरकारले गत आर्थिक वर्षको असोज २ गतेसम्ममा कूल बजेटको १२.०१ प्रतिशत खर्च गरेको थियो। गत आर्थिक वर्षमा चालु खर्च बापत ८ खर्ब ४५ अर्ब रुपैयाँ छुट्याइएकोमा यसै अवधिमा १ खर्ब १ अर्ब ५५ कारोड ५७ लाख रुपैयाँ खर्च भएको थियो।

त्यस्तै पूँजीगत खर्चतर्फ पनि गत आर्थिक वर्षको तुलनामा कम खर्च भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा पूँजीगत खर्च अन्तरगत बजेटको २.०७ प्रतिशत खर्च गरेकोमा यस आर्थिक वर्षमा भने १.२७ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक आर्थिक वर्षको बजेटमा पूँजीगत खर्च अन्तरगत छुट्याइएको ४ खर्ब ८ अर्ब रुपैयाँमा हालसम्म ५ अर्ब ३२ करोड २५ लाख रुपैयाँ मात्र खर्च भएको छ।

त्यसैगरी बजेटमा वित्तीय व्यवस्था अन्तर्गत छुट्याइएको १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँमा ०.७७ प्रतिशत अर्थात १ अर्ब २९ करोड ५३ लाख रुपैयाँ मात्र खर्च भएको छ। यद्यपि वित्तीय व्यवस्थापन अन्तरगतको खर्च भने गत वर्षको तुलनामा बढेको छ। गत बर्षको यसै अवधिमा वित्तीय व्यवस्थातर्फ बजेटको ०.७६ प्रतिशत रकम खर्च भएको थियो ।

हेर्नुहोस् चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट असोज २ गतेसम्म भएको सरकारी खर्चको विवरण:-

 

यस अवधिमा सरकारको राजस्व संकलन भने गत वर्षको तुलनामा बढेको छ। गत वर्षको असोज २ गतेसम्ममा लक्षित राजश्वको ८.१७ प्रतिशत राजस्व संकलन गरेको सरकारले यस आर्थिक वर्षमा भने १२.९३ प्रतिशत राजस्व संकलन गरेको हो।

चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारी लक्ष्य रहेकोमा दुई महिनामा १ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन हुनुले सरकारले चालु आर्थिक वर्षमा राजश्वको लक्ष्य भेट्टाउने देखिन्छ।

गत आर्थिक वर्षको यसै अवधिमा सरकारी लक्ष्य ८ खर्ब ३१ अर्ब ३१ करोड रहेकोमा ८.१७ प्रतिशत अर्थात ६७ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ संकलन गरेको थियो।

हेर्नुहोस् गत आर्थिक वर्ष २०७५/०७६को बजेटबाट असोज २ गतेसम्म भएको सरकारी खर्चको विवरण:-

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।