Wed, Sep 09, 2026
एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले असोज ११ गते शनिबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन्। एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति प्राप्त गरेको हो।
यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते एनएमबि बैंकले ओमको सम्पत्ति तथा दायित्व सकार्ने।ब्यहोर्ने गरि एकीकृत कारोबार थाल्न अनुमति प्रदान गरेसँगै एकीकृत कारोबारको मिति तय भएको हो। यससँगै असोज ११ गते शनिबारदेखि ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा विलय भएर एनएमबि बैंक कै नामबाट कारोबार हुनेछ। एनएमबि बैंकको गत साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए। दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्जरमा गरेका हुन् । एनएमबि बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड रुपैयाँ छ । एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड नाघ्नेछ।
यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते एनएमबि बैंकले ओमको सम्पत्ति तथा दायित्व सकार्ने।ब्यहोर्ने गरि एकीकृत कारोबार थाल्न अनुमति प्रदान गरेसँगै एकीकृत कारोबारको मिति तय भएको हो।
यससँगै असोज ११ गते शनिबारदेखि ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा विलय भएर एनएमबि बैंक कै नामबाट कारोबार हुनेछ।
एनएमबि बैंकको गत साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए। दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्जरमा गरेका हुन् ।
एनएमबि बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड रुपैयाँ छ । एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड नाघ्नेछ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।