प्रभु बैंकले १ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

Oct 11, 2019 02:13 PM Merolagani

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट अनुमति पाएसँगै ऋणपत्र निष्काशन गर्ने वाणिज्य बैंकको लहरमा प्रभु बैंक पनि थपिने भएको छ।

बैंकले एक हजार रुपैयाँ अंकित दरको एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो। बैंकले कुल १ अर्ब रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्बसाधारणमा जारी गर्नेछ भने बाँकी ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र बैंक आफैंले व्यक्तिगत तवरबाट अन्य संस्थापक शेयरधनी तथा संघ संस्थालाई बिक्री गर्ने छ ।

दश वर्ष अवधिको उक्त “प्रभु बैंक डिबेञ्चर २०८६” नामक ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले ब्याजदर प्राप्त गर्नेछन् । उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुनेछ । बैंकले जारी गर्न लागेको ऋणपत्रमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।

बैंकिङ्ग प्रणालीमा कर्जा विस्तारको तुलनामा निक्षेप संकलन बढ्न नसक्दा तरलता कमी भई कर्जायोग्य लगानी रकमको अभाव अझै समाधान हुन सकेको छैन । यसैको सम्बोधनका लागि एकपछि अर्को गर्दै बैंकहरु दीर्घकालीन पूँजी स्रोत जुटाउन ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन्। तर पछिल्ला दिनहरुमा ऋणपत्रको अपेक्षित बिक्री हुन सकेको छैन।

  • ऋणपत्र के हो?

कूल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि स(साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ । अझै प्रष्ट रुपमा भन्नु पर्दा ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लागानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्था आदि शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र हो ।

यसरी कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरि कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखि वा नराखी ऋण पूँजी उठाउन सक्छ । यसमा लगानी गर्ने लगानीकर्ताले आफुले गरेको लगानी रकममा तोकिएको ब्याजदर प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् ।

संगठिक संस्था नोक्सानीमा गएपनि लगानीकर्ताले प्राप्त गर्ने ब्याज भने प्राप्त गर्दछन् कुनै बाधा पर्देन । कथमकदाचित कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा प्राप्त गर्न असमर्थ भएमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउनका लागि कारवार्ही समेत चलाउन सक्दछन् । प्राय जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्रमा लगानी उत्तम विकल्प हो ।

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।