ग्लोबल आईएमई लघुवित्तको ५६ हजार लिलामी शेयर बिक्री खुल्ला

Oct 15, 2019 11:48 AM Merolagani



ग्लोबल आईएमई लघुवित्त (GILB) को अवितरित हकप्रद शेयरकाे असोज २८ गते मंगलबार देखि लिलामी खुल्ला भएको छ । 

लघुवित्तले साउन २१ देखि भदौ २३ गतेसम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातको ११ लाख ४ हजार कित्ता हकप्रद शेयरमा १० लाख ४८ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी ५६ हजार ५ सय ६१ कित्ता शेयर बोलकबोल मार्फत बिक्री खुल्ला गरेको हो ।

लिलामी शेयरमा न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा धेरै मूल्य राखेर बोलकबोल आवेदन गर्न सकिनेछ। लघुवित्तको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले कार्तिक ५ गतेसम्म बोलकबोल आवेदन बुझाउन सक्नेछन् ।

लिलामी शेयरमा ग्लोबल आइएमई बैंकको विराटनगर, विर्तामोड झापा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

हाल ११ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको शतप्रतिशत हकप्रदपछि पूँजी २२ करोड ९ लाख रुपैयाँ पुग्नेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।