ग्लोबल आईएमई लघुवित्तको ५६ हजार लिलामी शेयर बिक्री खुल्ला

Oct 15, 2019 11:48 AM Merolagani



ग्लोबल आईएमई लघुवित्त (GILB) को अवितरित हकप्रद शेयरकाे असोज २८ गते मंगलबार देखि लिलामी खुल्ला भएको छ । 

लघुवित्तले साउन २१ देखि भदौ २३ गतेसम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातको ११ लाख ४ हजार कित्ता हकप्रद शेयरमा १० लाख ४८ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी ५६ हजार ५ सय ६१ कित्ता शेयर बोलकबोल मार्फत बिक्री खुल्ला गरेको हो ।

लिलामी शेयरमा न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा धेरै मूल्य राखेर बोलकबोल आवेदन गर्न सकिनेछ। लघुवित्तको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले कार्तिक ५ गतेसम्म बोलकबोल आवेदन बुझाउन सक्नेछन् ।

लिलामी शेयरमा ग्लोबल आइएमई बैंकको विराटनगर, विर्तामोड झापा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

हाल ११ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको शतप्रतिशत हकप्रदपछि पूँजी २२ करोड ९ लाख रुपैयाँ पुग्नेछ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।