सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन

Oct 16, 2019 10:37 AM Merolagani

सिद्धार्थ बैंकको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज २९ गते शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले घोषणा गरेको बोनसको बुकक्लोजसँगै बुधबार बैंकको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले बैंकको १० प्रतिशत बोनस समायोजन गरि प्रतिकित्ता ३०७ रुपैयाँ २७ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको छ । बुधबार समायोजित मूल्यलाई आधार मानेर बैंकको शेयर कारोबार खुल्नेछ।

मंगलबार बैंकको ३३८ रुपैयाँमा शेयर कारोबार बन्द भएको थियो। 

कात्तिक ७ गते आह्वान गरेको साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले बुधबारदेखि बुकक्लोज गरेको हो ।

बैंकको भदौ ३० गते बसेको संचालक समितिको ३२३ औं बैठकले गत आर्थिक वर्ष २०७५/०७६ मुनाफाबाट १० प्रतिशत अर्थात ८८ करोड ५७ लाख रुपैयाँ बोनस र करसहित १५.२६ प्रतिशत नगद अर्थात एक अर्ब ३५ करोड ६५ लाख रुपैयाँ गरी कूल २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।