नेप्से ओरालो लाग्ने क्रम रोकिएन

Oct 21, 2019 03:59 PM Merolagani



साताको दोस्रो कारोबार दिन पनि नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको छ। यस दिन नेप्से १.३३ अंक घटेर बन्द भएको छ। नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

यद्यपी, यस दिनको कारोबार रकम अन्य दिनहरुको औसत कारोबार रकमभन्दा कम हो। यस दिन १४५ कम्पनीको १६ करोड ४३ लाख ४९ हजार रुपैयाँ बराबरको ६ लाख ८ हजार कित्ता शेयर किनबेच भएको छ।

सूचीकृत ८२ कम्पनीहरुले नवीकरण शुल्क नतिरेका कारण नेप्सेले शेयर कारोबारमा आइतबार रोक लगाएको थियो। सोमध्ये ३२ कम्पनीहरुले शुल्क बुझाइ शेयर कारोबार सुचारु गरेका छन्।

कम्पनीहरुको शेयर कारोबारमा लगाइएको बन्देजका कारण पनि आइतबार र सोमबार कारोबार रकम घटेको हो।

नेप्से परिसूचक लामो समयदेखि ओरालो लागिरहेको छ। जसका कारण लगानीकर्ताहरु निराश भइसकेका छन्। यद्यपी शेयर बजारका विश्लेषकहरुले भने घट्दो बजारमा लगानीकर्ताहरुहरु निराश हुनभन्दा राम्रा कम्पनीहरुमा विश्लेषणका आधारमा शेयर खरीद गर्न सुझाव दिन्छन्।

विश्लेषकहरुले लगानीकर्तालाई लगानी गर्न सुझाव दिइरहँदा पनि लगानीकर्ताहरु भने बजार प्रवेश गर्न मुडमा भने देखिएका छैनन्। कारोबारमा आएको मन्दी र निरन्तरको गिरावटका कारण बजार थप घट्ने संन्त्रास लगानीकर्तामा छ ।

अर्कोतर्फ आगामी सातादेखि सुरु हुने तिहारका कारण पनि लगानीकर्ताहरु बजारमा लगानी गर्ने मुडमा नभएको देखिन्छ। यसका साथै चाडपर्वको सिजनका कारण पनि बजार बढ्न नसकेको हो। दशैँ र तिहारमा धेरै खर्च हुने गर्दछ। सोही खर्चको जोहो गर्न केही लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गरिरहेका छन्। यसले नेप्से परिसूचक ओरालो लाग्न थप दबाब सिर्जना भएको हो ।

अन्य जे जस्तो कारण भएपनि बजार उकालो लाग्न नसक्नुको मुख्य कारण लगानीकर्ताहरुको कमजोर मनोबल नै हो। ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ०.३७ अंक घटेको छ। सर्वसाधारण समूहको शेयर कारोबार मापन गर्ने फ्लोट इन्डेक्स यस दिन ०.०९ अंक र ठूला कम्पनीहरुको सर्वसाधारण शेयर कारोबार मापन गर्ने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१५ अंक घटेको छ ।

 

आइतबार जस्तै कारोबार रकम र शेयर संख्याका आधारमा प्रभु बैंकले नै अग्रता लिएको छ । सो बैंकको यस दिन १ करोड ८९ लाख ३७ हजार रुपैयाँ बराबरको ७१ हजार ६ सय कित्ता शेयर किनबेच भएको छ । बैंकले घोषणा गरेको १६ प्रतिशत बोनसका कारण शेयर कारोबार बढेको हो ।

कारोबार संख्याका आधारमा यस दिन पनि रसुवागढी हाइड्रोपावर अगाडि रहेको छ । हाइड्रोपावरको २ सय ६ पटक शेयर कारोबार भएको छ ।

यस दिन ११ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ भने ५ को घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.४५ प्रतिशत, म्युचुअल फण्डको ०.२८ प्रतिशत, अन्यको ०.२७ प्रतिशत, निर्जीवन बीमाको ०.२ प्रतिशत, होटल ०.१५ प्रतिशत र लघुवित्त ०.०४ प्रतिशत बढेको छ।

उत्पादनमूलक उपसमूहको परिसूचक यस दिन ०.६८ प्रतिशत, जलविद्युत ०.५४ प्रतिशत, विकास बैंक ०.४३ प्रतिशत, वित्त ०.४ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०.१८ प्रतिशत घटेको छ।

यस दिन एभरेष्ट बैंकको अग्राधिकार शेयको मूल्य सर्वाधिक ९.२८ प्रतिशत घटेको छ। अघिल्लो कारोबार दिन ७११ रुपैयाँ रहेको सो शेयरमूल्य यस दिन ६६ रुपैयाँ घटेर ६४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। राधी विद्युत कम्पनीको शेयमूल्य यस दिन साढे ५ प्रतिशत घटेर १३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

 

घोडीघोडा र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा बढी रहेको छ।आशा लघुवित्तको ३ र मितेरी विकास बैंक, बरुण हाइड्रो, एनआईबिएल प्रगति फण्ड, र नबिल इक्वीटी फण्डको इकाईको मूल्य २ प्रतिशत धेरैले सुधार भयो।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।