'नेबिको सुगर फ्री डाइजेस्टिभ' फेमिली प्याक बजारमा

Oct 23, 2019 02:28 PM Merolagani



नेबिकोले सुगर फ्री डाइजेस्टिभ बिस्कुटको फेमिली प्याकमा  बजारमा ल्याएको छ। विगत ६ वर्षदेखि नेपाली उपभोक्ता माझ लोकप्रिय स्वदेशी उत्पादन सुगर फ्री डाइजेस्टिभ बिक्री वितरण हुँदै आइरहेको छ।

यसअघि सो प्याकमा उपलब्ध हुँदै आएकोमा उपभोक्ताको चाहना एवं समय सापेक्षिक गुणस्तरलाई विशेष ध्यानमा राखी बस्कूटको गिफ्ट फेमिली प्याकमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसलाई विदेशबाट आयातित एयर टाइट कार्टुन (एटीसी) मा प्याकेजिङ गरिएको छ।

नेबिकोको उत्कृष्ट उत्पादनमध्येको एक सुगर फ्रि डाइजेस्टिभ बिस्कुट ३६० ग्रामको यो बिस्कुटको प्याकेटलाई २०० रुपैयाँमा उपलब्ध गराइएको छ।

फेमीली प्याक भित्र दशवटा स साना प्याकेट रहेकाले ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्नसक्ने जनाइएको छ।

अन्य विदेशी बिस्कुटको यो विस्कुट सुपथ मूल्यमा खरीद गर्न पाइनुका साथै गुणस्तरीय उत्पादन रहेकोले उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन एवम् मधुमेह भएका तथा नभएका उपभोक्ताहरुको स्वास्थ्यलाई पनि ध्यानमा राखी कोलिस्ट्रोलरहित रहेको कम्पनीको दाबी छ।

नेबिकोले विगत ५५ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री वितरण गरिरहेको कम्पनी हो । कम्पनीले नेपाल गुणस्तर चिन्ह तथा आइएसओ ९००१ः२००८ क्वालिटी म्यानेजमेन्ट सिस्टमको सर्टिफिकेट पाएको छ।

हाल यस कम्पनीको स्वामित्वमा बिस्कुट, कन्फेक्सनरी, मैदा मिल र ट्रेडिङ कम्पनीहरु छन्।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।