सानिमा बैंकको तीन महिनाको खुद मुनाफा साढे १४ प्रतिशतले बढ्यो

Nov 03, 2019 09:54 AM Merolagani



सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५९ करोड ३६ लाख एक हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।बैंकले गत आवको यसै अवधिको तुलनामा १४.४० प्रतिशतले आफ्नो मुनाफा वृद्धि गरेको हो।

गत आवको पहिलो तीन महिनामा बैंकले ५१ करोड ८८ लाख ७० हजार रुपैयाँ मुनाफा गरेकोमा ७ करोड ४७ लाख ३१ हजारले खुद मुनाफा बढेको हो। 

आइतबार सार्वजनिक भएको एनएफआरएस प्रणालीको प्रतिवेदतन अनुसार बैंकको विवरणयोग्य मुनाफा २७ करोड ५४ लाख रुपैयाँ छ। अघिल्लो आवको प्रथम तीन महिनामा ७४ करोड ९ लाख रुपैयाँमा रहेको बैंकको सञ्चालन नाफा बढेर ८३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। यसैगरि खुद ब्याज आम्दानी पनि ९७ करोड ८४ लाखबाट १६ करोड ६६ लाख बढाएर एक अर्ब १४ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ।

विगतका वर्षहरुमा धेरै चुक्ता पूँजी बढाएर पनि खुद नाफा बढाई प्रतिशेयर आम्दानीमा बढोत्तरी गर्नसक्नु सानिमाको अर्को सफलता हो। क्रमबद्ध प्रगति बैंकको अर्को महत्वपूर्ण पहिचान बन्दै आएको छ। वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम निस्क्रिय कर्जा अनुपातमा कीर्तिमान कायम गर्दै आएको सानिमा बैंकको यसपल्ट केही बढेर ०.२४ प्रतिशतमा बढेपनि अन्य बैंकहरुको तुलनामा थोरै नै रहेको छ।

बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिना अवधिको तुलनामा ६ अर्ब ५४ करोडले निक्षेपमा वृद्धि गर्दै ९५ अर्ब ९२ करोड १७ लाख पुर्याएको छ । यसैगरि कर्जा लगानीतर्फ पनि २ अर्ब १० करोडले वृद्धि गर्दै ८३ अर्ब ५२ करोड १३ लाख रुपैयाँ प्रवाह गरेको छ।

८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ५४ करोड ९१ लाख र शेयरधनी कोषमा ३४ करोड २४ लाख रुपैयाँ सञ्चित राखेको छ।

यस अवधिमा बैंकको पूँजीकोष अनुपात १२.६१ प्रतिशत, सिसिडी रेसियो ७८.८४ प्रतिशत, आधार ब्याजदर ९.२१ प्रतिशत, कोषको लागत ७.२२ प्रतिशत, र स्प्रेडदर ४.४४ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ८५ पैसा, र मुल्य आम्दानी अनुपात ११.५२ गुणा छ ।

समीक्षा अवधिमा बैंकको कोषको लागत, आधारदर घटेको छ भने कर्जा निक्षेप अनुपात, पूँजीकोष अनुपात, निष्कृय कर्जा अनुपात बढेको छ यस्तै स्पेडदर भने स्थिर छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।