हाइड्रोको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ३५ करोडको अर्को आईपीओ आउँदै

Nov 06, 2019 09:22 AM Tirtha Raj Poudyal



धितोपत्र बजारमा सूचीकृत करिब तीन दर्जन मध्ये डेढ दर्जन जलविद्युत कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोड मूल्यको साधारण शेयर बिक्री गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डमा दिएको आवेदनअनुसार ग्रीनलाइफ हाइड्रोपावरले कूल ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याउने भएको हो।

आईपीओ निष्काशन गर्न कम्पनीले रेटिङ्ग एजेन्सी केयर नेपालबाट रेटिङ्ग गराएको छ। रेटिङमा सो कम्पनीको शेयरले ‘केयर एनपि आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ। ग्रेड ४ रेटिङ्ग भनेको कम्पनीको वित्तीय अवस्था औसत अवस्था तल आधार रहेको भन्ने हो।

नेपाल धितोपत्र बोर्डले सबैभन्दा तल्लो अर्थात कमजोर रेटिङ्ग ग्रेड ५ पाउने कम्पनीलाई साधारण शेयर निष्काशन गर्न नदिने नियम बनाएको छ। कम्पनीले गराएको रेटिङमा साधारण शेयर बिक्री गर्न मिल्ने गरी आफ्नो स्थान सुरक्षित गरेको छ। रेटिङ कम्पनीले गर्ने विश्लेषण अनुसार ग्रेड एक प्राप्त गर्ने संस्था अब्बल मानिन्छ भने ग्रेड पाँच प्राप्त गर्ने संस्था आर्थिक रुपमा कमजोर मानिन्छ।

अधिकांश जलविद्युत कम्पनीको शेयर ओरालो लागेको बेला ग्रीनलाइफ हाइड्रोपावरले बिक्रीमा ल्याउने साधारण शेयरको बिक्री के होला भन्ने जिज्ञाशा हाल विद्यमान रहेको छ।

हालै मात्रै साढे ३३ करोडको शेयर बिक्रीमा ल्याउने शिवश्री हाइड्रोको शेयर कूल निष्काशनको ३० प्रतिशत पनि बिक्री नहुनुले पनि पछिल्ला दिनमा हाइड्रोपावर कम्पनीलाई शेयर बिक्रीमा सहज अवस्था नरहेको बुझ्न सकिन्छ। पछिल्ला दिनमा शेयर प्रत्याभूति गर्ने मर्चेन्ट बैंकर समेत हाइड्रोपावरको शेयरको प्रत्याभूति गर्न नचाहशने अवस्था सिर्जना भैसकेको छ।

यसले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन गर्ने र दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमाथि नै प्रश्न उब्जिएको छ।

ग्रीनलाइफ हाइड्रोपारले यसअघि नै आयोजना प्रभावित दोलखा जिल्लावासीलाई साधारण शेयर बिक्री गरिसकेको छ। कम्पनीले आम सर्वसधारणका लागि साधारण शेयर बिक्रीको तयारी गरेको छ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीले आयोजना प्रभावितलाई बिक्री गर्दा नबिकेको कूल १६ लाख ९६ हजार कित्तासमेत आम सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको हो।

कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना नदी प्रवाही हो । आयोजनाको कूल लागत ६ अर्ब ८८ करोड रहेको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।