मर्जरमा रहेको किसान माइक्रोफाइनान्सको नाफा ५७ प्रतिशतले घट्यो

Nov 10, 2019 12:21 PM Merolagani

किसान माइक्रोफाइनान्स (KMFL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शेयरधनीलाई निराशजनक तुल्याउने वित्तीय विवरण सार्वजानिक गरेको छ। लघुवित्त खुद नाफा गत वर्षको तुलनामा ५७.९५ प्रतिशतले घटेको छ भने अन्य वित्तीय सूचकहरुमा पनि मा पनि सुधार हुन सकेको छैन।

मिर्मिरे र नागबेली लघुवित्तसँग मर्जर प्रकृयामा रहेको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ लाख ९४ हजार रुपैयाँ मात्र नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा ४९ लाख रुपैयाँले कम हो। गत आर्थिक वर्षको सोहि अवधिमा ८५ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको  थियो। 

लघुवित्तको खुद ब्याज आम्दानीमा सामान्य सुधार हुनु र गैर सञ्चालन आम्दानी उल्लेख्य घट्दा लघुवित्तको मुनाफा प्रभावित भएको हो। गैर सञ्चालन आम्दानी ४० प्रतिशतले घटेर ८४ लाख ५९ हजार मात्र आम्दानी भएको छ। उसको खर्च बढ्दा सञ्चालन नाफा समेत घटेको हो।  

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ५६ लाखले धेरै हो।

चुक्ता पूँजी ७ करोड ६४ लाख रुपैयाँबाट बढाएर ८ करोड ६० लाख रुपैयाँ पुर्याएको माइक्रोफाइनान्सले जगेडा कोष १२८ प्रतिशतले बढाएर ५ करोड २२ लाख रुपैयाँ पुर्याएको छ। गत वर्षको पहिलो त्रैमाससम्ममा माइक्रोफाइनान्सको जगेडा कोषमा २ करोड २९ लाख रुपैयाँ सञ्चित थियो।

समीक्षा अवधिमा माइक्रोफाइनान्सले निक्षेप संकलन २९ करोड १२ लाख रुपैयाँबाट बढाएर ४० करोड १ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह १ अर्ब १९ करोड ८ लाख रुपैयाँबाट बढाएर १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ पुर्याएको छ।

यस अवधिमा माइक्रोफाइनान्सले खराब कर्जा १.०५ प्रतिशतबाट घटाएर ०.९६ प्रतिशतमा झारेको छ।  

प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७२ पैसा रहेको माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ४९.६४ गुणा छ।

मिर्मिरे र नागबेली लघुवित्तसँग मर्जरमा रहेको किसान माइक्रोफाइनान्सको गत बैशाख २१ गतेदेखि शेयर कारोबार रोक्का छ। मर्जर प्रकृया सकिएपछि मात्र तीनवटै लघुवित्तको शेयर कारोबार खुल्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।