मानुषी लघुवित्तको नाफा १३ लाख ५४ हजार

Nov 13, 2019 12:04 PM Merolagani



काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्था (SMLBSL) ले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १३ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा लघुवित्तले ४८ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा २९ करोड ८७ लाख रुपैयाँ सापटीबाट ७९ करोड ९८ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। 

तीन महिना अवधिमा लघुवित्तले एक करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.५१ प्रतिशत रहेको छ।

यो लघुवित्त नेप्सेमा सूचीकृत छैन।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।