मानुषी लघुवित्तको नाफा १३ लाख ५४ हजार

Nov 13, 2019 12:04 PM Merolagani



काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्था (SMLBSL) ले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १३ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा लघुवित्तले ४८ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा २९ करोड ८७ लाख रुपैयाँ सापटीबाट ७९ करोड ९८ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। 

तीन महिना अवधिमा लघुवित्तले एक करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात २.५१ प्रतिशत रहेको छ।

यो लघुवित्त नेप्सेमा सूचीकृत छैन।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।