एनएमबिको नाफालाई गैर सञ्चालन आम्दानीको टेवा

Nov 15, 2019 07:59 AM Merolagani



चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा एनएमबि बैंक लिमिटेड (NMB) ले ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले ५५ करोड ५ लाख ५६ हजार खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा घटेपनि गैर सञ्चालन आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४३ करोड ६४ लाख ५० हजार रुपैयाँ घटेर ३४ करोड ५२ लाख ५० हजारमा सीमित भएको छ।

बैंकले चालु आवको असोज मसान्तसम्ममा ६२ करोड २१ लाख ६९ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको छ जसका कारण नाफा बढ्न पुगेको देखिन्छ। बैंकको वितरण योग्य मुनाफा ५३ करोड ६१ लाख ६८ हजार रुपैयाँ रहेको छ।

ओम डेभलपमेन्ट बैंकसंगको सफल मर्जरपश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख पुगेको छ। बैंकको जगेडा कोषमा ४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ, शेयर प्रिमियममा २ अर्ब ५४ करोड १४ लाख र शेयरधनी कोषमा २ अर्ब २५ करोड ९० लाख रुपैयाँ सञ्चित छ।

बैंकले चालु आवको असोज मसान्तसम्ममा १ खर्ब २१ अर्ब ९१ करोड २६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १० अर्ब ३१ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत बैैंकले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा २५.३३ प्रतिशत बढी हो।

नाफामा उल्लेख्य सुधार भएसंगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८७ पैसा बढेर ३२ रुपैयाँ ५१ पैसा कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने समीक्षा अवधिमा १७ रुपैयाँ ३५ पैसा घटेर १८२ रुपैयाँ ४० पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ११.७५ गुणा रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।