नेशनल लाइफकाे नाफामा ३६% वृद्धि, खुद बीमा शुल्क दुई अर्ब नजिक

Nov 15, 2019 03:31 PM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यहि अवधिको तुलनामा ३५.७९ प्रतिशतले बढी हो।

गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ४९ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

इन्स्योरेन्सकोे खुद बीमा शुल्क पनि ३९ प्रतिशतले बढेर १ अर्ब ९१ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको असोज सम्ममा एक अर्ब ३७ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस्तै इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ९३ लाख ६९ हजार रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ५६ करोड ६१ लाख ६१ हजार रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ९ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३ अर्ब ७४ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष २८ अर्ब ६४ करोड ९३ लाख जगेडा कोषमा ६५ करोड ७४ लाख र महाविपत्ती कोषमा २२ करोड ८४ लाख रुपैयाँ संचित छ ।

कुल ७ लाख ४५ हजार २६ बीमालेख कायम रहेको इन्स्योरेन्सले एक अर्ब ९३ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। ५ हजार ३७० दाबी वापत ६४ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २६ करोड ६७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात २९.३२ गुणा बढी छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।