राष्ट्रिय बीमा संस्थानकाे जीवन बीमा कोष २४ अर्ब माथि, खुद नाफा झण्डै ३००% वृद्धि

Nov 19, 2019 01:50 PM Merolagani

सरकारी स्वामित्वको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा संस्थानको जीवन बीमा कोष ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँले बढेको हो।

गत वर्षको यस अपधिमा इन्स्योरेन्सको जीवन बीमा कोषमा १६ अर्ब २१ करोड ३९ लाख रुपैयाँ संचित थियो।

चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १८ करोड ७२ लाख रुपैयाँ संचित छ।

संस्थानले यस अवधिमा ४ अर्ब ९ करोड ९० लाख खुद बीमा शुल्क आर्जन गरेर गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३ अर्ब ३० करोड ४२ लाख रुपैयाँले बढी हो। गत वर्षको यस अवधिमा संस्थानले ७८ करोड ५९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।

नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो। संस्थान राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ।

यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि एक करोड ७४ लाख ८० हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा २९५.८३ प्रतिशत अर्थात एक करोड ३० लाख ६४ हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा संस्थानले ४४ लाख १६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस्तै लगानी कर्जा तथा अन्य आयबाट ४५ करोड २७ लाख रुपैयाँ, बीमा लेख धितोबाट २ करोड ४९ लाख रुपैयाँ र अन्य प्रत्यक्ष आय वापत ४५ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ।

संस्थानमा हाल ६ लाख ८६ हजार २२६ बीमा कायम छ भने यस अवधिमा ४ हजार ७३ दाबीको भुक्तानी गरेको छ।

निर्जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत भएपनि जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा संस्थान भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन। पहिले एकै कम्पनी भएपनि राष्ट्रिय बीमा कम्पनी केही समय अघि संस्थानबाट छुट्टिएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।