ज्योति लााइको खुद बीमा शुल्क १२०% बढ्यो, आईपीओ निष्काशन तयारी

Nov 18, 2019 01:29 PM Merolagani



ज्योति लााइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। इन्स्योरेन्सले व्यवसाय विस्तारबाट बीमा शुल्क संकलनलाई ११९.७६ प्रतिशत अर्थात १४ करोड ४० लाख रुपैयाँले बढाएको हो।

 गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १२ करोड २ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको  थियो। 

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २ करोड १९ लाख रुपैयाँ र बीमालेख धितोमा ३ करोड ५१ लाख रुपैयाँ लगानी गरी २ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको आम्दानीमा सुधारभएसंगै खुदनाफा पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सले ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गा वर्षको पहिलो त्रैमासमा ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तयारीमा रहेको इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। यस्तै इन्स्योरेन्सको जगेडा कोषमा २४ करोड ८० लाख रुपैयाँ, जीवन बीमा कोषमा ९१ करोड ४६ लाख र महाविपत्ती कोषमा २ करोड ७५ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले यस अवधिमा ४ हजार २०६ बीमालेख जारी गरी २७ करोड ६५ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा ९ वटा दाबी वापत १० लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ८९ पैसा छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।