ज्योति लााइको खुद बीमा शुल्क १२०% बढ्यो, आईपीओ निष्काशन तयारी

Nov 18, 2019 01:29 PM Merolagani



ज्योति लााइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। इन्स्योरेन्सले व्यवसाय विस्तारबाट बीमा शुल्क संकलनलाई ११९.७६ प्रतिशत अर्थात १४ करोड ४० लाख रुपैयाँले बढाएको हो।

 गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १२ करोड २ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको  थियो। 

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २ करोड १९ लाख रुपैयाँ र बीमालेख धितोमा ३ करोड ५१ लाख रुपैयाँ लगानी गरी २ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको आम्दानीमा सुधारभएसंगै खुदनाफा पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सले ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गा वर्षको पहिलो त्रैमासमा ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तयारीमा रहेको इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। यस्तै इन्स्योरेन्सको जगेडा कोषमा २४ करोड ८० लाख रुपैयाँ, जीवन बीमा कोषमा ९१ करोड ४६ लाख र महाविपत्ती कोषमा २ करोड ७५ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले यस अवधिमा ४ हजार २०६ बीमालेख जारी गरी २७ करोड ६५ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा ९ वटा दाबी वापत १० लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ८९ पैसा छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।