सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ५७ करोड, ४० प्रतिशतको बढोत्तरी

Nov 17, 2019 05:29 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४०.५९ प्रतिशत १६ करोड ७१ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड ७ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जाबाट एक करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि ७ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ५५ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५२ करोड ९३ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५ अर्ब ६९ करोड १२ लाख र महाविपत्ति कोषमा ९ करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले चालू आर्थिक वर्षको असोज मसान्त सम्ममा ३ लाख ५९ हजार ६६० बीमालेख जारी गरी ५८ करोड ७४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६२१ दाबी बापत ९ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५०२ दाबी वापत २ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात १०.३८ गुणा छ।




१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।