मुक्तिनाथ विकास बैंकको ४ लाख कित्ता हकप्रद लिलामीमा आउने

Nov 18, 2019 09:19 AM Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले ४ लाख ३ हजार २२० कित्ता हकप्रद शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ। बैंकले ३ लाख ७०३ दशमलव ९३ कित्ता सर्वसाधारण र १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता संस्थापक शेयर हकप्रदमा अवितरित भएपछि मंसिर ८ गतेदेखि लिलामी खोल्न लागेको हो।

इच्छुक लगानीकर्ताले बैंकको लिलामीको शेयरमा मंसिर ८ गते देखि १५ गतेसम्म आवेदन गर्न सक्नेछन्। हकप्रदको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई तोकिएको छ।

सो शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरि न्यूनतम १०० कित्तादेखि बिक्रीमा ल्याइएको अधिकतम कित्तासम्मका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। खण्डित शेयरमा गरिएको आवेदन रद्ध हुनेछ भने संस्थापक शेयरका लागि विद्यमान संस्थापक शेयरधनी रहेकाले मात्र आवेदन गर्न पाउनेछन्।

बैंकको शेयर धितोपत्रको दोस्रो बजारमा मंसिर १ गते ३१७ रुपैयाँमा कारोबार भएको छ।  बैंकले भदौ १२ गतेदेखि असोज १५ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो। इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ’ग्रेड ३’ रेटिङ दिएको छ।

हाल ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात विकास बैंकहरुमा सबैभन्दा धेरै ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ।

बैंकले हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकाले लिलामी सकार्ने लगानीकर्ताले पनि लाभांश पाउनेछन्।

चालु आवको प्रथम त्रैमासमा बैंकले खुद नाफा गत आवको तुलनामा २३ प्रतिशतले वृद्धि गर्दै २२ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८६ पैसा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।