४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 28, 2019 08:09 AM Merolagani

मंसिर १२ गते बिहीबार ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यस दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी ४ कम्पनीका लाभांश प्राप्त गर्न सक्नेछन्।

नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्षको मुनाफा तथा विगत वर्षहरुमा आर्जित मुनाफाबाट १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। बैंकले ६ प्रतिशत बोनस शेयर तथा १०.८४ प्रतिशत नगद लाभांश गरि कूल १६.८४ प्रतिशत लाभांश वितरण गर्नेछ। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले मंसिर २९ गते २६ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। बैंकको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रहेको छ। बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख पुग्नेछ।

मंसिर ११ गते बुधबार बैंकको शेयर प्रतिकित्ता ३८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यसैगरी, यस दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले गरिमा विकास बैंक (GBBL) को लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोमध्ये १६.१५ प्रतिशत बोनस रहेको छ भने ०.८५ प्रतिशत नगद लाभांश रहेको छ।

मंसिर २७ गते आयोजना हुने बैंकको तेह्रौँ वार्षिक साधारण सभाले सो लाभांश प्रस्ताव पारित गर्नेछ। साधारण सभा प्रयोजनको लागि मंसिर १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्नेछ।

बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ।

मंसिर ११ गते बुधबार बैंकको शेयर प्रतिकित्ता २२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बिहीबार स्वरोजगार लघुवित्त (SLBBL) को २८.१६ प्रतिशत लाभांश पनि सुरक्षित गर्ने अन्तिम दिन हो। लघुवित्तले साधारण सभा प्रयोजनको लागि मंसिर १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ। मंसिर १३ गते शुक्रबार र १४ गते शनिबार नेप्सेमा कारोबार नहुने भएका कारण यस दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले शेयरधनीलाई चुक्ता पूँजीको २६.७५ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि १।४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार २१३ रुपैयाँ रहेको छ। ७ करोड २० लाख ९९ हजार ९०७ रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार १२० रुपैयाँ पुग्नेछ।

मंसिर ११ गते बुधबार लघुवित्तको अन्तिम शेयरमूल्य प्रतिकित्ता ६१८ रुपैयाँमा कायम भएको थियो।

गत आर्थिक वर्षको मुनाफाबाट सर्वाधिक १०२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हिमालयन डिष्टिलरी (HDL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५२.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।

सो लभांशको प्रस्ताव पारित गर्न कम्पनीले पुस १ गते १९ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। कारोबार दिनका हिसाबमा बिहीबार कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो।

हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पश्चात ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ।

मंसिर ११ गते बुधबार कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता एक हजार ७८८ रुपैयाँमा कायम भएको थियो।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।