स्वाभिमान लघुवित्तको निष्क्रिय कर्जा बढ्दा नाफामा दबाब

Nov 29, 2019 02:15 PM Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५९ हजार कम हो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा बढेका कारण नाफा घट्न दबाब पुगेको हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ०.०२ प्रतिशत रहेको निष्क्रय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ०.८१ प्रतिशत पुगेको छ।

निष्क्रिय कर्जा बढेसंगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउनु परेको छ। असोज मसान्तसम्ममा लघुवित्तको सो व्यवस्थाबापत ३२ लाख ५३ हजार छुट्याएको छ। गत आवको यसै अवधिमा लघुवित्तले यस्तो व्यवस्थाबापत ८ लाख २९ हजार मात्र छुट्याएको थियो।

गत बैशाखमा आईपीओ निष्कासन गरेको यस लघुवित्तको चुक्ता पूँजी असोज मसान्तसम्ममा ६ करोड १८ लाख रहेको छ भने जगेडा कोष ३ करोड ८४ लाख रहेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ २१ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.०४ गुणा रहेको छ।

चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले ५२ करोड ३० लाख सापटी र ३१ करोड ६२ लाख निक्षेप सङ्कलन गरी ८४ करोड १२ लाख कर्जा परिचालन गरेको छ। जसबाट लघुवित्तले १ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको छ। सो गत आवको यसै अवधिको तुलनामा ३९ लाख ७२ हजार बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ लाख ९६ हजार घटेर ४० लाख ५७ हजारमा सीमित भएको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।