मुक्तिनाथको लिलामीको शेयरको बोलपत्र बुधबार खुला हुने

Dec 03, 2019 11:28 AM Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) ले मंसिर ८ गतेदेखि १५ सम्म बिक्रीमा ल्याएको ४ लाख ३ हजार २२०.२५ कित्ता अवितरित हकप्रद शेयरको बोलपत्र मंसिर १८ गते बुधबार खुला हुँदैछ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको प्रस्तावित कार्यालय हात्तिसारमा बिहान ११ बजे लिलामी शेयरको बोलपत्र खुला गरिने जनाइएको छ। बैंकले यसअघि भदौ १२ गतेदेखि असोज १५ गतेसम्म निष्कासन गरेको हकप्रद शेयरमा बिक्री नभएको उक्त शेयर लिलामीमा ल्याइएको हो।

उक्त लिलामी शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने व्यवस्था रहेको थियो भने प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन खुला गरिएको थियो।

बैंकको साधारण शेयर नेप्सेमा नियमित कारोबार भैरहेको छ। तर संस्थापक शेयर भने नेप्सेमा साधारण शेयर जसरी खरीद बिक्री हुने गरेको छैन।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।