नेपाल पुर्नबीमाको आईपीओ निष्काशन प्रकृया पछाडि धकेलिने

Dec 08, 2019 08:00 PM Merolagani



नेपाल पुर्नबीमा कम्पनी को प्राथमिक शेयर (आईपीओ) निष्काशन प्रकृया लम्बिन सक्ने देखिएको छ। कम्पनीले यसअघि साधारण सभाबाट संसोधन गरेको अधिकृत, जारी तथा चुक्ता पूँजीको अनुमोदन गर्न अदालती प्रकृया सम्पन्न गर्नुपर्दा आईपीकाे निष्काशन केही पछाडि धकेलिने भएको हो।

कम्पनीको पहिलो साधारण सभाबाट अधिकृत तथा जारी पूँजी ३ अर्बबाट बढाएर १५ अर्ब पुर्याएकोमा २०७५ पुस १३ गते स्म्पन्न विशेष साधारण सभाबाट अधिकृत पूँजी  १५ अर्ब तथा चुक्ता तथा जारी पूँजी १० अर्ब कायम गर्नेगरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

कम्पनीले जारी पूँजी १५ अर्बबाट १० अर्ब रुपैयाँमा घटाएकाले सो को स्वीकृतिका लागि अदालती प्रकृया पूरा गनुपर्ने भएपछि आईपीओ निष्काशन प्रकृया लम्बिने संकेत देखा परेको हो।

जारी पूँजी घटाउनको लागि पुर्नबीमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले उच्च अदालत पाटनमा आवेदन दिएका छन्। कम्पनीको निवेदन उपर उच्च अदालत पाटनले आगामी पुस २० गते सुनुवाई गर्दैछ।

कम्पनी ऐन २०६३ को दफा ५८ (२) बमोजिम जारी पूँजी घटाउने तयारी थालेको कम्पनीले जनाएको छ। कम्पनी ऐन अनुसार पूँजी घटाउने विशेष प्रस्ताव पारित गरेमा सोको स्वीकृतिको लागि अदालत समक्ष निवेदन पेश गनुपर्ने व्यवस्था रहेको छ।

कम्पनीको जारी पूँजी घटाउने प्रकृया सकिने वित्तिकै आईपिओ जारी गर्ने पुर्नबीमा विज्ञ विष्णु प्रसाद उपाध्यायले मेरोलगानीलाई जानकारी गराए। उनले भने, ‘अदालतले पूँजी घटाउने विषयमा पुस २० गते सुनुवाई गर्ने जनाएको छ। सुनुवाईपछि हामी आईपिओ निष्काशन गछौं। हाम्रो अन्य तयारी लगभग सकिसकेको छ।’

कम्पनीले बताएअनुसार कार्यतालिका अनुसार भएपनि अदालती प्रकृया सकाएर आईपीओको सार्वजनिक आह्वान गरि आईपीओ निष्काशन हुन कम्तिमा माघ अन्तिमसम्म पर्खनुपर्ने देखिन्छ। यसअघि कम्पनीले चालु आवको दोस्रो त्रैमासभित्रै आईपीओ निष्काशन गर्ने बताएको थियो।

पछि छैटौं वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईले कम्पनी रजिष्ट्रार कार्यालयमा शेयर दाखिला सकाउन ३ वर्ष लागेकोले  आईपीओ निष्काशनमा ढिलाई भएको स्पष्टिकरण दिएका थिए। 

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरिसकेको छ। यस्तै पुर्नबीमा कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईपीओ ग्रेड २’ रेटिङ्ग प्रदान गरिसकेको छ। इक्रा नेपालले प्रदान गरेका उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्थाको पक्ष औसत आधारभुत भन्दा माथि रहेको जनाउँछ।

कम्पनीको हाल जारी पूँजी १५ अर्ब रुपैयाँ र चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। अब एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ। 

सर्वसाधारणमा शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। आईपीओमा नागरिक लगानी कोष र मेगा क्यापिटलले शेयर प्रत्याभूति गर्नेछन्।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।