युनाइटेड इन्स्योरेन्सको लिलामीको शेयरको बोलपत्र आज खुला हुने

Dec 09, 2019 09:20 AM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) ले मंसिर १० गतेदेखि १७ सम्म बिक्रीमा ल्याएको ४ लाख ९९ हजार १९२.६० कित्ता अवितरित हकप्रद शेयरको बोलपत्र आज (मंसिर २३ गते सोमबार) खुला हुँदैछ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरीमा दिउँसो २ बजे लिलामी शेयरको बोलपत्र खुला गरिने जनाइएको छ। इन्स्योरेन्सले यसअघि भदौ ३ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको हकप्रद शेयरमा बिक्री नभएको उक्त शेयर लिलामीमा ल्याइएको हो।

उक्त लिलामी शेयरमा न्यूनतम १०० कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने व्यवस्था रहेको थियो भने प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन खुला गरिएको थियो।

इन्स्योरेन्सको साधारण शेयर नेप्सेमा नियमित कारोबार भैरहेको छ। तर संस्थापक शेयर भने नेप्सेमा साधारण शेयर जसरी खरीद बिक्री हुने गरेको छैन।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।