युनाइटेड इन्स्योरेन्सको लिलामीको शेयरको बोलपत्र आज खुला हुने

Dec 09, 2019 09:20 AM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) ले मंसिर १० गतेदेखि १७ सम्म बिक्रीमा ल्याएको ४ लाख ९९ हजार १९२.६० कित्ता अवितरित हकप्रद शेयरको बोलपत्र आज (मंसिर २३ गते सोमबार) खुला हुँदैछ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, नागपोखरीमा दिउँसो २ बजे लिलामी शेयरको बोलपत्र खुला गरिने जनाइएको छ। इन्स्योरेन्सले यसअघि भदौ ३ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको हकप्रद शेयरमा बिक्री नभएको उक्त शेयर लिलामीमा ल्याइएको हो।

उक्त लिलामी शेयरमा न्यूनतम १०० कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने व्यवस्था रहेको थियो भने प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन खुला गरिएको थियो।

इन्स्योरेन्सको साधारण शेयर नेप्सेमा नियमित कारोबार भैरहेको छ। तर संस्थापक शेयर भने नेप्सेमा साधारण शेयर जसरी खरीद बिक्री हुने गरेको छैन।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।