मल्टीपर्पसको २० लाख कित्ता पुनः लिलामीमा

Dec 23, 2019 01:21 PM Merolagani



मल्टीपर्पस फाइनान्स (MPFL) ले पुस १४ गते सोमबार देखि हकप्रदमा बिक्री नभएको २० लाख ३७८ कित्ता शेयर पुनः लिलामी बिक्रीमा ल्याउने भएको छ।

फाइनान्स कम्पनीले गत असार २३ गतेदेखि निष्काशन गरेको हकप्रदमा बिक्री नभएको उक्त शेयर लिलामी मार्फत बिक्रीमा ल्याउने भएको हो।

फाइनान्सले असार २३ देखि भदौ ९ गतेसम्म ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । सो हकप्रदमा संस्थापक तर्फको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता शेयर बिक्री नभएपछि गत असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्म लिलाम बिक्री गरेको थियो। सो लिलामीमा पनि पूर्ण बिक्री नभएपछि फाइनान्सले बाँकी शेयर पुनः लिलाम बिक्री गर्न लागेको हो।

इच्छुक लगानीकर्ताले लिलामी शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी पुस १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नसक्नेछन्। बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक हजार कित्ता र सर्वसाधारण समुहको लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि माग गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

लिलामी शेयरमा सिभिल क्यापिटल मार्केट सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, बिरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, तथा घाराहीबाट गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।