चार लघुवित्त सहित ८ कम्पनीको शेयरमूल्य समायोजन

Dec 31, 2019 08:15 AM Merolagani

चार लघुवित्तसहित ८ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यी ८ कम्पनीको पुस १५ गते मंगलबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

यी ८ कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले किसान माइक्रोफाइनान्स (KMFL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६६९ रुपैयाँ ६२ पैसा कायम गरेको छ।

लघुवित्तले लाभांश वितरण तथा हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित पुस २६ गते सातौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा होटल शान्ति, लम्की, कैलालीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेका हाल कायम चुक्ता पूँजीको २३.९५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभामा माइक्रोफाइनान्सको स्तरोन्नती गरी राष्ट्रियस्तरको बनाउन मर्जर अथाव एक्वीजिशन गर्ने र सञ्चालक निर्वाचन गर्ने प्रस्ताव रहेको छ।
राष्ट्रियस्तरको बन्ने लक्ष्य सहित किसान माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नागबेली लघुवित्त एक आपसमा मर्जरमा रहेका छन्। मर्जरका कारणले अहिले तीनवटै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ।

हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड ६६ लाख ८ हजार ७७५ रुपैयाँ पुग्नेछ। शतप्रतिशत हकप्रद निष्कासनपश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड ३२ लाख १७ हजार पुग्नेछ।

त्यस्तै, नेप्सेले मिथिला लघुवित्त (MLBBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४६६ रुपैयाँ ९ पैसा कायम गरेको छ।

लघुवित्तले पुस २९ गते एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल राजदरबारको सभा हल, जनकपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गत असारसम्म कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सञ्चालक समितिमा ४ जना संस्थापक शेयरधनीहरुको समूहको प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचन गर्ने, चुक्ता पूँजी वृद्धि गर्ने, शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, संस्थापक शेयरधनीको शेयर सर्वसाधारण शेयर सरह धितोपत्रको दोस्रो बजारमार्फत कारोबार गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ रहेको छ। प्रस्तावित एक करोड ५८ लाख ७९ हजार २४० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ पुग्नेछ।

नेप्सेले फरवार्ड कम्यूनिटी (FOWAD) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता एक हजार ५२ रुपैयाँ ८ पैसा कायम गरेको छ।

लघुवित्तले लाभांश वितरण प्रस्तावसहित पुस २९ गते सातौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

सो सभा माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, दुहवी, सुनसरीमा बिहान साढे १० बजे शुरु हुनेछ।
सभामा माइक्रोफाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरेको ३२.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि सहित १२.५० प्रतिशत नगद लाभांश गरि कूल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

हाल ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको बोनश वितरणपश्चात पूँजी ५० करोड ४ लाख रुपैयाँ पुग्नेछ।

त्यसैगरी, नेप्सेले उन्नती लघुवित्त वित्तीय संस्था (UMB) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६३३ रुपैयाँ ४८ पैसा कायम गरेको छ।

उन्नति लघुवित्त र सहकार्य लघुवित्त एक आपसमा गाभिने प्रक्रियालाई अन्तिम स्वीकृती दिन उन्नतीले पुस २९ गते पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ।

लघुवित्तको साधारण सभा होटल पौवा, भैरहवामा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले सहकार्य लघुवित्तसँग १ बराबर ०.७५ शेयर स्वाप अनुपातमा मर्ज हुने प्रस्तावलाई अन्तिम स्वीकृती दिनेछ। यसका साथै, सभाले सञ्चालक समितिले सिफरिस गरेबमोजिम गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३८.६० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले सहकार्य लघुवित्तसँग मर्जरपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, मर्जरपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने, मर्जरपश्चात कम्पनीको शेयर संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारण समूहको २४.५५ प्रतिशत कायम गर्ने र कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरको वित्तीय संस्थामा स्तरोन्नति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रहेको छ। ३ करोड ४० लाख ७४ हजार बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड २३ लाख ४९ हजार पुग्नेछ।
साधारण सभा तथा लभांश वितरण प्रयोजनको लागि लघुवित्तले पुस १५ गते एक दिनका लागि शेयर दाखिल खारेज बन्द गर्ने भएको छ। यद्यपी, मर्जर प्रक्रियाका कारण लघुवित्तको शेयर कारोबार गत साउन १० गतेदेखि नै रोक्का रहेको छ।

नेप्सेले कञ्चन डेभलपमेन्ट बैंक (KADBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २१६ रुपैयाँ ३६ पैसा कायम गरेको छ।

बैंकले पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको १७३ औँ बैठकले पुस २९ गते साधारण सभा गर्ने छ।
सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकमबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, अन्य उपुयक्त बैंक तथा वित्तीय संस्थाको खोजी गरी मर्जर अथाव एक्वीजिशनको कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

बैंकको सो सभा होटल ओपेरा प्रा.लि., महेन्द्रनगरमा बिहान साढे ११ बजे शुरु हुनेछ। शेयरधनी उपस्थिति हाजिर पुस्तिका बिहान ९ बजेदेखि सभा सम्पन्न नभएसम्म खुल्ला रहने बैंकले जनाएको छ।

हाल ५३ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित १० प्रतिशत बोनस पश्चात ५८ करोड ४४ लाख ३० हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ।

त्यस्तै, नेप्सेले मञ्जुश्री फाइनान्स (MFIL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १३९ रुपैयाँ ५६ पैसा कायम गरेको छ।

फाइनान्सले पनि सोही दिन थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजे १२ औँ वार्षिक साधारण सभा डाकेको छ। सभामा फाइनान्सले १.७५ प्रतिशत बोनस र ९.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। यसका साथै, सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

नेप्सेले आईसीएफसी फाइनान्स (ICFC) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १५२ रुपैयाँ ३८ पैसा कायम गरेको छ।

फाइनान्सले पुस २९ गते सोह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। फाइनान्सको साधारण सभा सीएमडी फुडल्याण्डमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनको लागि सहित ८ प्रतिशत नगद लाभांश गरी कूल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, फाइनान्सले सभामा गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाँदैछ।

हाल फाइनान्सको चुक्ता पूँजी ८८ करोड २१ लाख ७२ हजार रहेको छ। ४ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९२ करोड ६२ लाख ८० हजार पुग्नेछ।

नेप्सेले छ्याङ्दी हाइड्रोपावर (CHL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ८९ रुपैयाँ ५२ पैसा कायम गरेको छ।

हाइड्रोपावरले चुक्ता पूँजी २७ करोडको ५ प्रतिशत बराबरको १ करोड ३५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशतले हुन आउने ७ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा आह्वान गरेको छ।

सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ८ करोड ५० लाख ५० हजार रुपैयाँ ८ लाख ५० हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने साधारण सभाबाट प्रस्ताव अनुमोदन गराउने भएको छ।

किसान र उन्नतीको शेयर कारोबार रोक्का रहेका कारण बाँकी ६ कम्पनीको समायोजित मूल्यलाई आधार मानेर मंगलबार शेयर कारोबार खुल्नेछ।


comments powered by Disqus

दावी भुक्तानीका लागि सक्कली प्रमाणपत्र नआएकाले समस्या परेको हो : पाण्डे

Sep 18, 2020 07:46 PM

कोरोना भाइरसको संक्रमण भने बढ्दै गएका छन् । मुलुकभर दैनिक करिव २ हजार हाराहारीमा कोरोना भाइरस संक्रमित देखिन थालेका छन् । कोरोना भाइरस संक्रमण बढ्दै गएकाले आम नागरिक डराइ रहेका छन् । सरकार पनि लकडाउन र निषेधाज्ञाले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नसकिने रहेछ भन्ने स्थितिमा पुगेको छ ।