दुई दर्जनभन्दा बढी कम्पनीको साधारण सभा आज

Jan 14, 2020 06:36 AM Merolagani



दोस्रो त्रैमासको अन्तिम दिन आज (पुस २९ गते मंगलबार) दुई दर्जनभन्दा बढी कम्पनीले साधारण सभा आयोजना गर्दैछन्।

पब्लिक कम्पनीको रुपमा संस्थापना भएका कम्पनीहरुले पहिलो वर्ष एक वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सोही बमोजिम सूचीकृत भएका सम्पूर्ण कम्पनीहरुलाई पुस महिना भित्र नै साधारण सभा गर्नैपर्ने बाध्यता हुन्छ।

वार्षिक साधारण सभा बस्नका लागि आव समाप्त भएको ६ महिना समय अवधि हुँदाहुँदै पनि अन्तिम समयमा मात्रै काम गर्ने नोपली प्रवृत्ति यहाँ पनि हाबी भएको देखिन्छ। पुसको अन्तिम दिन २९ गते नै २५ कम्पनीले सभा बोलाउनुले पनि सूचीकृत कम्पनीहरु लगानीकर्ताहरु प्रति जिम्मेवार हुन नसकेको विश्लेषकहरु बताउँछन्।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।