मध्य भोटेकोशीको आईपीओ प्रत्याभूति नागरिक लगानी कोषले गर्ने

Jan 14, 2020 04:13 PM Merolagani



मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वासधारणका लागि निष्काशन गर्ने साधारण शेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ। यी दुबै कम्पनीहरुले आज (पुस २९ गते) शेयर प्रत्याभूति सम्बन्धी सम्झौता गरेका हुन्।

कोषले कम्पनीको १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर प्रत्याभूति गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका १ करोड ५० लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

पछिल्लो समयमा हाइड्रोपावर कम्पनीहरुको आईपीओ पूर्ण बिक्री नहुँदा विभिन्न विवादहरु सिर्जना भइरहेका छन्। यस्तै विवादका कारण हाइड्रोपावर कम्पनीहरुको आईपीओ निष्काशनका लागि प्रत्याभूतिकर्ता पाउन सकिरहेको थिएन। यसैबिच नागरिक लगानी कोषले मध्य भोटेकोशीको शेयर प्रत्याभूति गर्ने सम्झौता गरेको हो।

कम्पनीले दोस्रो चरणमा स्थानीय बासिन्दाका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६० लाख कित्ता र सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशतले हुन आउने ९० लाख कित्ता गरी कूल १ करोड ५० लाख कित्ता निष्काशन गर्नेछ।

यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयर कम्पनीले २०७५ पुस ४ गते बाँडफाँट गरेको थियो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसका लागि आवश्यक पूँजी व्यवस्थाका निमित्त कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार संस्थापक शेयरधनी संस्थालाई कूल जारी पूँजीबाट छुट्याइएको ५१ प्रतिशत शेयर आर्थिक वर्ष २०७४÷७५ सम्ममा शतप्रतिशत असुल गरिसकेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।