Tue, Dec 30, 2025
चार कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरेको छ। समता लघुवित्त, गुडविल फाइनान्स, विजय लघुवित्त र मञ्जुश्री फाइनान्सले नगद लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो।
यी चारवटै कम्पनीहरुले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्न लागेको हो। समता लघुवित्त (SMATA) ले गत पुस २९ गते छैठौँ वार्षिक साधारण सभाबाट पारित गरेको ५.५२ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्नेछ। त्यसैगरी, गुडविल फाइनान्स (GFCL) ले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत, विजय लघुवित्त (VLBS) ले ५ प्रतिशत र मञ्जुश्री फाइनान्स (MFIL) ले ९.८० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्नेछ। यी चारवटै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
यी चारवटै कम्पनीहरुले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्न लागेको हो।
समता लघुवित्त (SMATA) ले गत पुस २९ गते छैठौँ वार्षिक साधारण सभाबाट पारित गरेको ५.५२ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्नेछ। त्यसैगरी, गुडविल फाइनान्स (GFCL) ले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत, विजय लघुवित्त (VLBS) ले ५ प्रतिशत र मञ्जुश्री फाइनान्स (MFIL) ले ९.८० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्नेछ।
यी चारवटै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।