तीन कम्पनीको शेयरमूल्यमा सर्किट, हिमालयन डिष्टिलरीको उच्च कारोबार

Jan 20, 2020 03:42 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक करेक्सन हुँदा ३ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ भने हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ।

यस दिन मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो भने पाँचथर पावर कम्पनी र पोखरा फाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।

सोमबार मल्टीपर्पसको शेयरमूल्य १३ रुपैयाँ बढेर १४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, पाँचथर पावर कम्पनीको शेयरमूल्य १४ रुपैयाँ घटेर १२६ रुपैयाँ र पोखरा फाइनान्सको १७ रुपैयाँ घटेर १५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

साढे ६ महिनादेखि कारोबार रोक्का रहेको ग्लोबल आईएमई बैंकको कारोबार यस दिन खुलेपछि यसको शेयरमा खरिदकर्ताहरुको चाप देखिएको छ। बजार खुल्ने बित्तीकै बैंकको १५ पटकको कारोबारमा २ लाख ४२ हजार रुपैयाँ बराबरको ९२९ कित्ता शेयर खरिदबिक्री भएपनि बाँकी समयमा बिक्रीकर्ता शुन्य रहेको छ। बैंकको शेयरमूल्य भने यस दिन ९.७२ प्रतिशत बढेर २७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन हिमालयन पावर पार्टनर र विशाल बजार कम्पनीको शेयरमूल्य ९.२२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ५७९ पटकको कारोबारमा २० करोड ९२ लाख ९५ हजार रुपैयाँ बराबरको १ लाख ६३ हजार १२५ कित्ता शेयर खरिदबिक्री भएको छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको यस दिन १३ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यसको कारोबार बढेको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले भोलि (माघ ७ गते) बुकक्लोज गर्नेछ।

सोमबार नेप्से परिसूचक २६.५४ अंक घटेर एक हजार ३१७.११ विन्दुमा झरेको छ। यस दिन बजार करेक्सन भएको विश्लेषकहरु बताउँछन्। अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजार करेक्सन भएको उनीहरुको भनाइ छ। बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्ने गर्दछन् जसका कारण बजारमा करेक्सन हुने गर्दछ। यस दिन १८२ कम्पनीको २० हजार ४६६ पटकको कारोबारमा १ अर्ब ९७ करोड ३ लाख रुपैयाँ बराबरको ५८ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सबै उपसमूहका परिसूचकहरु घटेका छन्। व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.३४ प्रतिशत घटेको छ। त्यसैगरी, जलविद्युत, वित्त र होटल उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।