आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार

Jan 24, 2020 09:59 AM Merolagani

आरम्भ लघुवित्तसँर्ग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्त (CHLBS) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तका अधिकांश सूचकहरुमा उल्लेख्य सुधार देखिएको छ।

पुस मसान्तसम्ममा लघुवित्तले २ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५२.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ५ लाख खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा लघुवित्तले ५९ करोड ५१ लाख निक्षेप र ९७ करोड १५ लाख सापटीबाट १ अर्ब ७१ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत लघुवित्तले ७ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड ३३ लाख बढी हो। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ५१ लाख रुपैयाँ बढेर ४ करोड १६ लाख पुगेको छ।

५७ वटा शाखा कार्यालयबाट सेवा दिँदै आइरहेको यस लघुवित्तको चुक्ता पूँजी पुस मसान्तसम्ममा १९ करोड ९० लाख रहेको छ। त्यसैगरी, लघुवित्तको जगेडा कोषमा ५ करोड ६५ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६६ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४१ पैसा कायम रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात १६.२७ गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको निष्क्रिय कर्जा बढेर १.२४ प्रतिशत पुगेको छ।

चौतारी र आरम्भ लघुवित्त एक बराबर एक शेयर आदान प्रदान अनुपातमा मर्ज हुँदैछन्। यी दुबै लघुवित्तले साधारण सभाबाट सो प्रस्ताव पारित गरिसकेका छन्। मर्जपश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।