सातामा साढे ८ अर्बभन्दा बढीको कारोबार

Jan 24, 2020 01:47 PM Merolagani

यस साता नेप्सेमा साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। पछिल्लो केही महिनादेखि बजारले गति लिन थालेपछि लगानीकर्ताहरु शेयर बजारतर्फ आकर्षित हुन थालेका छन्। जसका कारण दैनिक कारोबार रकम बढेको हो।

यस साता १८८ कम्पनीको ८६ हजार ४९० पटकको कारोबारमा ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ५१ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता कम भएका समाचारहरु बाहिर आइरहेका छन्। बैंकहरुले पुस मसान्तमा कर तिर्न रकम बाहिरिएका कारण तरलता घटेको जानकारहरु बताउँछन्।

तर, पूँजी बजारमा भने दैनिक अर्बभन्दा बढीको शेयर किनबेच भइरहेको छ। अन्य क्षेत्रहरुमा आएको सुस्तताका कारण ती क्षेत्रहरुको लगानी पनि शेयर बजारमा भित्रिएको ब्रोकरहरु बताउँछन्। केन्द्रिय बैंकले कर्जामा गरेको कडाई, सेवा क्षेत्रको नाफामा संकुचन, घरजग्गा व्यवसायमा आएको मन्दी र आयातमा कमी आएका कारण सो क्षेत्रका लगानीकर्ताहरु शेयर बजारमा प्रवेश गर्नाले दैनिक कारोबार रकम बढेको एक ब्रोकरले बताए।

कारोबार रकममा सुधार देखिएपनि नेप्से परिसूचक भने यस साता ओरालो लागेको छ। गत साता ९७.१२ अंक बढेको नेप्से यस साता भने १२.७९ अंक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन एक हजार ३१०.२३ विन्दुमा बन्द भएको बजार यस साताको अन्तिम कारोबार दिन घटेर एक हजार २९७.४७ विन्दुमा झरेको छ। अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न थालेका कारण यस साता नेप्से करेक्सन भएको हो।

यस साता ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै कारोबार भएको छ। मर्जरका कारण साढे ६ महिना रोक्का रहेको यस बैंकको शेयर कारोबार गत सोमबारदेखि खुलेपछि लगानीकर्ताहरु झुम्मिएका हुन्। यस साता सो बैंकको ६ हजार ५२२ पटकको कारोबारमा ८० करोड ६२ लाख रुपैयाँ बराबरको २६ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मर्जपश्चात पहिलो कारोबारको लागि २५२.४७ रुपैयाँको मूल्य पाएको सो बैंकको शेयरमूल्य भने यस साता बढेर २९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, नेपाल लाइफको यस साता ४८ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने अपेक्षाका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन्।

हिमालयन डिष्टिलरीको यस साता ४८ करोड २७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।