प्राइम लाइफको शेयर खरिद गर्दै हुनुहुन्छ? प्राविधिक विश्लेषणले के भन्छ?

Jan 25, 2020 08:11 AM Merolagani



पछिल्लो समयमा शेयर बजारले गति लिन थालेपछि धेरै लगानीकर्ताहरु बजारमा प्रवेश गर्न थालेका छन्। शेयर बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्ने कम्पनीको बारेमा आधारभूत तथा प्राविधिक विश्लेषण गरी लगानी गर्दा प्रतिफल कमाउन सकिन्छ।

यही कुरालाई ध्यानमा राखेर मेरो लगानीले हरेक साता कुनै एक कम्पनीको प्राविधिक विश्लेषण प्रस्तुत गर्ने योजना बनाएको छ। यस साता मेरोलगानीले प्राइम लाइफ इन्स्योरेन्स (PLIC) को प्राविधिक विश्लेषण गरेको छ।

अघिल्लो साताको औषत कारोबार रकमको तुलनामा गत साताको औषत कारोबार रकममा भएका वृद्धिका आधारमा मेरोलगानीले यस कम्पनीको चयन गरेको हो। अघिल्लो साताको तुलनामा यस साता इन्स्योरेन्सको औषत कारोबार रकम २६६ प्रतिशत बढेको छ।

यस साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्य घटेर ५२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार आगामी कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्य बढेमा ५३४ रुपैयाँमा प्रतिरोधको सामना गर्नेछ। गत बिहीबार इन्स्योरेन्सको शेयरमूल्यले सो प्रतिरोध विन्दु परीक्षण गरेर तल झरेको थियो।

त्यसैगरी, आगामी कारोबार दिनमा इन्स्योरेन्सको शेयरमूल्य घटेमा ५०७ रुपैयाँमा टेवा पाउने देखिन्छ।

इन्स्योरेन्सको शेयरमूल्यमा गत डिसेम्बर ४ अर्थात मंसिर १८ गते गोल्डेन क्रस देखिएको थियो। ५ दिने मुभिङ्ग एभरेज र २० दिने मुभिङ्ग एभरेजले सो क्रस बनाएको हो। सो क्रस बनेदेखि इन्स्योरेन्सको मूल्य करेक्सन हुँदै उकालो लागिरहेको छ। माघ ९ गते बिहीबार इन्स्योरेन्सको ५ दिने मुभिङ्ग एभरेज ५०२.१४ रहेको छ भने २० दिने मुभिङ्ग एभरेज ४३३.५४ रहेको छ।

पछिल्लो समयमा इन्स्योरेन्सको कारोबार पनि बढीरहेको छ। इन्स्योरेन्सको यस साता दैनिक औषत ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, इन्स्योरेन्सको पछिल्लो २० दिनमा औषत ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

‘फियर एण्ड ग्रीड’ मिटरमा इन्स्योरन्सको मूल्य ‘एक्सट्रिम ग्रीड’ मा पुगेको छ। यसले लगानीकर्ताहरु शेयरमूल्य अझ बढ्ने अपेक्षाका साथ बजारमा शेयर खरिदबिक्री गरिरहेको संकेत गर्दछ। आगामी दिनमा इन्स्योरेन्सको शेयर खरिद गर्दा सतर्कता अपनाउनु पर्ने देखिन्छ।

२ अर्ब ७९ लाख चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड २ लाख खुद नाफा आर्जन गरेको थियो। इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा रहेको छ। यस अनुसार हाल इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २६.०४ रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।