वोमीको नाफा बढेपनि घट्यो ईपीएस

Jan 29, 2020 09:48 AM Merolagani

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.५१ प्रतिशत अर्थात १ करोड ५३ लाख बढी हो।

समीक्षा अवधिमा लघुवित्तको नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरण अनुसार ५१ रुपैयाँ ९४ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा २४ रुपैयाँ ४८ पैसा घटेर २७ रुपैयाँ ४६ पैसा कायम भएको छ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानी घटेको हो। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० करोड १० लाखबाट बढेर ३० करोड ३० लाख (बोनस पूँजीकरणपश्चात) पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा १५ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ३७ लाख बढी हो।

सो अवधिसम्ममा ७८ करोड १६ लाख रुपैयाँ निक्षेप र १ अर्ब २० करोड ७७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ३७ करोड ६५ लाख कर्जा लगानी गरेको यस लघुवित्तले ९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३ करोड ८६ लाख बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ४८ लाख रुपैयाँ बढेर ६ करोड ६० लाख पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.७३ प्रतिशतबाट बढेर १.०३ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा यस्तो व्यवस्थाबापत ६० लाख ८५ हजार रुपैयाँ छुट्याएको यस लघुवित्तले चालु आवको सोही अवधिमा ९४ लाख ३० हजार रुपैयाँ छुट्याएको छ।

लघुवित्तले नागरिक लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने स्वीकृती प्राप्त गरी गत मंसिर ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो। राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती पाएको यस लघुवित्तले हाल ३८ जिल्लामा ६१ शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.४५ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ५६ पैसा कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।