एनएलजी इन्स्योरेन्सले हकप्रदका लागि बुकक्लोज मिति तोक्यो

Feb 02, 2020 01:11 PM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले हकप्रद निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ। इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशनका लागि माघ २७ गते बुकक्लाज गर्ने जनाएको हो।

त्यसअनुसार माघ २६ गतेसम्म नेप्सेमा भएको कारोबारबाट बुक क्लोज भएको सात दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा प्राप्त विवरणको आधारमा भौतिक तथा हितग्राही खातामा भएको शेयरधनीहरुले मात्रै हकप्रद भर्न पाउनेछन्।

आइतबार इन्स्योरेन्सको शेयर प्रति कित्ता ८८३ रुपैयाँको हराहरीमा कारोबार भइरहेको छ।

कम्पनीको गत जेठ १४ गते सम्पन्न विशेष साधारण सभाले १० बराबर ६ को अनुपात ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। धितोपत्र बोर्डले पुस २९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो।

इन्स्योरेन्सले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी क्यापिटललाई दिएको छ। इन्स्योरेन्सले निष्काशन गर्न लागेको उक्त हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ रोटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको अवस्था औषत रहेको जनाउछ ।

हाल चुक्ता पूँजी ६४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ।

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।