हकप्रद बिक्री गरी चुक्ता पूँजी बढाएको ग्रामीण विकासको नाफा घट्दा ईपीएस साँघुरियो

Feb 06, 2020 09:22 AM Merolagani

गत बैशाख २७ गतेदेखि जेठ ३० गतेसम्म ५० प्रतिशत हकप्रद शेयर बिक्री गरी चुक्ता पूँजी बढाएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS) को नाफा घटेपछि प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। 

लघुवित्तले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा १.३५ प्रतिशत घटेको हो। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र कूल सञ्चालन आम्दानी बढेपनि कर्मचारी खर्च र सञ्चालन खर्चमा वृद्धि हुँदा लघुवित्तको नाफा साँघुरिएको हो।

लघुवित्तको प्रतिशेयर आम्दानीमा ब्यापक गिरावट आएको देखिन्छ। गत आर्थिक वर्षको यसै अवधिमा ३४ रुपैयाँ ६३ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा घटेर २२ रुपैयाँ ७८ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १७.८२ गुणा रहेको छ।

५० प्रतिशत हकप्रद जारी गरेको लघुवित्तको हाल चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा लघुवित्तको जगेडा कोषमा ६२ करोड ८८ लाख रुपैयाँ छ।

सो अवधिसम्ममा तीन अर्ब ४९ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४ अर्ब ७० करोड ४१ लाख रुपैयाँ सापटी गरेर १० अर्ब ३३ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

चालु आवको पहिलो ६ महिनामा लघुवित्तले ५३ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आन्दानी गरेको छ। गत आवको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड २६ लाख रुपैयाँले बढोत्तरी भएको हो। गत आवमा लघुवित्तले ४४ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस्तै, लघुवित्तको सञ्चालन मूनाफा १२ करोड ६८ लाख रुपैयाँ रहेको छ। यो ९ करोड २६ लाख रुपैयाँले बढेको हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तको सञ्चालन नाफा १४ करोड २६ लाख रुपैयाँ रहेको थियो। लघुवित्तले ६ करोड ८९ लाख रुपैयाँ सम्भावित नोक्सानी व्यवस्थापनका लागि छुट्याएको छ।

लघुवित्तको निष्कृय कर्जा अनुपात सामान्य रुपमा सुधार भएको पाइन्छ। गत आर्थिक वर्षमा ४.५० प्रतिशत रहेको लघुवित्तको निष्कृय कर्जा अनुपात ०.५ प्रतिशत विन्दु घटेर ४.४५ प्रतिशतमा झरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।