वाणिज्य बैंकहरुमा सबैभन्दा ढिला प्रस्ताव गरेको सेन्चुरी बैंकको लाभांश कति?

Feb 07, 2020 10:37 AM merolagani



सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले गत आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

बैंकको माघ २३ गते बसको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

यस अनुसार बैंकले १६ करोड ८३ लाख र ३९ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

अधिकाँश वाणिज्य बैंकहरुले साधारणसभा सम्पन्न गरी शेयरधनीको खातामा लाभांश पठाइसकेको अवस्थामा सेञ्चुरी कमर्सियल बैंकले भने बल्ल लाभांश प्रस्ताव गरेको छ।

हाल ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको २ प्रतिशत बोनस शेयर वितरणपश्चात पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।


प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक बर्षमा बैंकले २ प्रतिशत बोनस र ४.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।