वाणिज्य बैंकहरुमा सबैभन्दा ढिला प्रस्ताव गरेको सेन्चुरी बैंकको लाभांश कति?

Feb 07, 2020 10:37 AM merolagani



सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले गत आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

बैंकको माघ २३ गते बसको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

यस अनुसार बैंकले १६ करोड ८३ लाख र ३९ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

अधिकाँश वाणिज्य बैंकहरुले साधारणसभा सम्पन्न गरी शेयरधनीको खातामा लाभांश पठाइसकेको अवस्थामा सेञ्चुरी कमर्सियल बैंकले भने बल्ल लाभांश प्रस्ताव गरेको छ।

हाल ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको २ प्रतिशत बोनस शेयर वितरणपश्चात पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।


प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक बर्षमा बैंकले २ प्रतिशत बोनस र ४.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।