अपी पावरको शेयर खरिद गर्ने विचारमा हुनुहुन्छ? हेर्नुहोस प्राविधिक विश्लेषण

Feb 08, 2020 10:18 AM Merolagani



अपी पावर कम्पनी (API) को शेयरमूल्यले आगामी दिनमा सकारात्मक गति लिने सम्भावना देखिएको छ। प्राविधिक विश्लेषणका विभिन्न उपकरणहरुमध्ये कम्पनीको एमएसीडीमा गत साताको बिहीबार देखिएको बुलिश क्रसओभरले यस्तो सङ्केत गरेको हो।

 प्राविधिक विश्लेषणमध्ये चर्चित यस उपकरणले बजार अथवा कुनै कम्पनीको ट्रेण्डबारे जानकारी दिन्छ। दुई मुभिङ्ग एभरेजको प्रयोग हुने यस उपकरणको विश्वसनियता उच्च रहेको छ।

 

कम्पनीको ५ दिने मुभिङ्ग एभरेज र २० दिने मुभिङ्ग एभरेजले अघिल्लो साता नै गोल्डेन क्रसओभर बनाएको थियो। यो क्रसओभर बनेदेखि कम्पनीको शेयरमूल्य बढ्ने क्रममा रहेको छ। तर, गत साताको अन्तिम कारोबार दिन भने यस कम्पनीको शेयरमूल्य घटेको थियो।

गत बिहीबार (माघ २३ गते) यस कम्पनीको शेयरमूल्य १२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो दिनको मैनबत्ती विश्लेषण अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य बढे १३२ रुपैयाँमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी शेयरमूल्य ओरालो लागे ११५ रुपैयाँमा टेवा पाउने देखिन्छ।

‘फियर एण्ड ग्रीड’ मिटरमा इन्स्योरन्सको मूल्य ‘न्यूट्रल’ मा रहेको छ।

१ अर्ब १९ करोड चुक्ता पूँजी रहेको यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ११ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८ पैसा रहेको थियो। गत बिहीबारको अन्तिम मूल्य अनुसार कम्पनीको कूल बजार पूँजीकरण १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। सो दिनको मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात १०.४३ गुणा रहेको छ। कम्पनीको ५२ हप्ताको उच्च मूल्य १७२ रुपैयाँ रहेको छ भने सोही अवधिको न्यून मूल्य १०० रुपैयाँ रहेको छ।

शेयर बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्ने कम्पनीको बारेमा आधारभूत तथा प्राविधिक विश्लेषण गरी लगानी गर्दा प्रतिफल कमाउन सकिन्छ। यही कुरालाई ध्यानमा राखेर लगानीकर्ताहरुलाई सहयोग गर्न मेरो लगानीले हरेक साता एक कम्पनीको प्राविधिक विश्लेषण प्रकाशित गर्दै आएको छ।

गत साता जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको थियो। सोही कारण मेरो लगानीले सो उपसमूह अन्तर्गतको अपी पावरको प्राविधिक विश्लेषण तयार गरेको हो।

सावधानीः उपलब्ध तथ्याङ्कका आधारमा मेरो लगानीले तयार पारेको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले कुनै पनि कम्पनीको शेयर खरिदबिक्री गर्नु अघि आफैले विश्लेषण आवश्यक छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।