जनता बैंकलाई मर्ज गरेको ग्लोबल आइएमई बैंकले कति कमायो नाफा?

Feb 09, 2020 08:29 AM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा लगायत अधिकांश सूचकमा सुधार भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४५ करोड ६५ लाख रुपैयाँ बढी हो। मर्जरअघिसम्म जनता बैंकले कमाएको नाफा सहित बैंकको खुद नाफा भने २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ रहेको छ। मर्जरअघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ करोड ६७ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६२ करोड २७ लाख रुपैयाँ बढेर २ अर्ब ३६ करोड ९० लाख पुगेको छ।

१८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा १ अर्ब ९ करोड ४० लाख र शेयर प्रिमियममा ५३ लाख ९३ हजार रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा कायम भएको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १३.१० गुणा रहेको छ। बैंकको प्रतिशेयर आम्दानी जनता बैंकको मर्जर मितिसम्मको मुनाफासमेत गरी गणना गरिएको हो भने मूल्य आम्दानी अनुपात गत असार १९ गतेको मूल्यमा गणना गरिएको हो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा कायम भएको छ।

कूल निक्षेप १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ रहेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निष्क्रिय कर्जा ०.७५ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २० करोड ८५ लाख रुपैयाँ रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।