निष्क्रिय कर्जा बढेपछि महिला सहयात्राको नाफा घट्यो

Feb 11, 2020 11:08 AM Merolagani

महिला सहयात्रा लघुवित्त(MSMBS)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड दुई लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २३ लाख ३१ हजार रुपैयाँ अर्थात १८.५७ प्रतिशतले घटेको हो।

गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा बढेपछि सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु पर्दा खुद नाफा घटेको हो।

पुस मसान्तसम्ममा ४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल यस लघुवित्तले २ करोड ९ लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थाका लागि छुट्याएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड १२ लाख रुपैयाँ बढेपनि सो व्यवस्थाका कारण सञ्चालन मुनाफा ७८ लाख ७२ हजार रुपैयाँ घटेर ७२ लाख ३० हजार रुपैयाँमा सीमित भएको हो।

चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा तीन करोड ३० लाख रुपैयाँ सञ्चित छ।

दोस्रो त्रैमाससम्ममा ३५ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ८२ करोड ४० लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब २९ करोड ७० लाख कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा लघुवित्तको निष्कृय कर्जा अनुपातमा वृद्धि भएको छ। गत आवको सोही अवधिमा २.३३ प्रतिशत रहेको लघुवित्तको निष्कृय कर्जा अनुपात १.१५ प्रतिशत बिन्दुले बढेर ३.४८ प्रतिशतमा पुगेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८९ पैसा छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ छ भने मूल्य आम्दानी अनुपात ४२.०९ गुणा छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।