बैंकको खुद ब्याज आम्दानी केहि बढेपनि खर्चमा नियन्त्रण गर्न नसक्दा खुद नाफा घटेको हो। दोस्रो त्रैमाससम्ममा बैंकले ६६ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा १० करोड रुपैयाँले धेरै हो।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा भने घटेको छ। बैंकको सञ्चालन नाफा ३७ करोड ३९ लाख रुपैयाँबाट घटेर ३४ करोड ८८ लाख रुपैयाँमा झरेको हो। बैंकको सञ्चालन खर्च २९ करोड ८९ लाख रुपैयाँबाट बढेर ३६ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकले ३१ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ९९ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष बैंकले २३ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड ६९८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
हाल २ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ८३ करोड ६१ लाख रुपैयाँ राखेको छ। गत वर्ष उसको जगेडामा ५७ करोड रुपैयाँ रहेको थियो।
बैंकको निष्कृय कर्जा भने केहि बढेको छ। गत वर्षको दोस्रो त्रैमासमा ०.४१ प्रतिशत रहेको खराब कर्जा बढेर ०.९३ प्रतिशत पुगेको छ।
प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात ११.२८ गुणा रहेको छ।