जनउत्थान सामुदायिक लघुवित्तको नाफा १४० प्रतिशत बढ्यो

Feb 12, 2020 01:11 PM Merolagani

जनउत्थान सामुदायिक लघुवित्त(JSLBB)ले चालु आथिर्क वर्षको पुस मसान्तसम्ममा दुई करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। लघुवित्तको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४० प्रतिशत बढी हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ८५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो। खर्च र आम्दानीका सूचकलाई सन्तुलन गर्दै व्यवसाय विस्तारमा जोड दिँदा लघुवित्तको नाफामा सुधार भएको हो।

सो अवधिसम्ममा ३९ शाखा कार्यालयबाट ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९३ करोड ८२ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था माफर्त ऋण लिएर एक अर्ब ४९ करोड ४४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चुक्ता पूँजी ६ करोड ३३ लाख रुपैयाँ रहेको लघुवित्तले जगेडा कोषमा ८ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ प्रतिशत बढोत्तरी भएको हो। गत आवको सोही अवधिसम्ममा लघुवित्तले तीन करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

साथै, यस अवधिसम्ममा लघुवित्तको सञ्चालन मुनाफा दुई करोड ३२ लाख रुपैयाँ रहेको छ। जुन गत आवको सोही अवधिको तुलनामा १०३ प्रतिशत सुधार भएको हो।

लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिसम्ममा तीन करोड १७ लाख रुपैयाँ कर्मचारी खर्च गरेको छ भने एक करोड रुपैयाँ अन्य सञ्चालन खर्च गरेको देखिन्छ।

यस अवधिमा २.२३ प्रतिशत रहेको लघुवित्तको निष्कृय कर्जा अनुपात ०.६९ प्रतिशत विन्दु बढेर २.९२ प्रतिशतमा पुगेको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६४ रुपैयाँ ९२ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ६ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।