वाणिज्य बैंकहरुको औषत नाफा १ अर्ब २१ करोड, दोस्रो त्रैमासमा पनि राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै

Feb 12, 2020 06:53 PM merolagani

रबिन पाैडेल ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकहरुले औषतमा १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन्। दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने सिभिल बैंकको नाफा सबैभन्दा कम रहेको छ। 

यस अवधिमा वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ भने नविल बैंक २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा रहेको छ। सिभिले बैंकले सबैभन्दा थोरै ३१ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको छ। 

दोस्रो त्रैमाससम्ममा १४ वटा बैंकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन भने ११ वटा बैंकले १ अर्ब रुपैयाँभन्दा थोरै नाफा कमाएका छन्।

  • ब्याज आम्दानी र सञ्चालन नाफामा पनि राष्ट्रिय वाणिज्य बैंक अगाडि

पुस मसान्तसम्ममा २७ बैंकहरुमध्ये खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नै अगाडि रहेको देखिएको छ।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सिभिल बैंकले सबैभन्दा थोरै १ अर्ब १९ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ।

  • निक्षेप र कर्जामा ग्लोबल आइएमई बैंक अगाडि

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७ वटा वाणिज्य बैंकहरुले औषतमा १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरी ९६ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन्। यसमध्ये १६ वटा बैंकले १ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप संकलन गरेका छन् भने ११ वटा बैंकले १ खर्ब रुपैयाँ भन्दा थोरै निक्षेप संकलन गरेका छन्।

जनता बैंकलाई गाभेको ग्लोबल आईएमई बैंक निक्षप र कर्जा दुबैमा अगाडि रहेको छ। पुस मसान्तसम्ममा बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

यता सिभिल बैंक भने निक्षेप संकलन र कर्जा प्रवाहमा सबैभन्दा पछाडि रहेको देखिएको छ बैंकले यस अवधिमा ४७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी ४७ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

 (नोटः माथि प्रस्तुत गरिएको चुक्ता पूँजीमा बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको बोनस शेयर समायोजन गरिएको छ। कृषि विकास बैंकको चुक्ता पूँजीमा सरकारको हिस्सा समावेश गरिएको छैन। त्यसैगरी, जगेडा कोषमा रिटेन्ड अर्निङ्ग र शेयर प्रिमियम पनि समावेश गरिएको छ।)

  • पूँजी र जगेडा

दोस्रो त्रैमाससम्ममा चुक्ता पूँजीको आधारमा ग्लोबल आइएमई नै सबैभन्दा शीर्ष स्थानमा रहेको छ। अर्को वाणिज्य बैंक अर्थात जनता बैंकलाई आफुमा गाभेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

त्यस्तै नाफा घटेपनि सबैभन्दा पुरानो बैंक नेपाल बैंकको जगेडा कोष मजबुत रहेको  छ। बैंकको जगेडा कोषमा १९ अर्ब ३८ करोड रुपैयाँ  छ।

  • प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ

२७ वटा वाणिज्य बैंकहरुमध्ये सरकारी बैंकहरुकै प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ बढी छ। सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ४९ रुपैयाँ ०६ पैसा रहेको छ भने नेपाल बैंकको प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै २७१ रुपैयाँ ७९ पैसा  छ।

त्यस्तै सबैभन्दा थोरै प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ भने सिभिल बैंकको रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १६ पसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ९७ पैसा  छ।

  • निष्कृय कर्जा

खुद नाफा, प्रतिशेयर आम्दानी लगाएतका सूचकमा राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिए पनि उसको खराब कर्जा भने धेरै नै रहेको छ। यस अवधिमा बैंकको खराव कर्जा ४.७७ प्रतिशत रहेको छ। खराब कर्जा ५ प्रतिशतभन्दा धेरै भयो भने राष्ट्र बैंकले लाभाँश वितरणमा रोक लगाउने प्रबधान छ। 

त्यसैगरी एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा थोरै ०.१६ प्रतिशत रहेको छ। २७ बैंकमध्ये ९ वटा बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम रहेको छ भने १८ बैंकको खराब कर्जा १ प्रतिशतभन्दा धेरै  छ। औषतमा बैंकहरुको खराब कर्जा १.६३ प्रतिशत रहेको छ।

 (नोटः माथि उल्लेख गरिएको बैंकका अनुपातहरु बोनस समायोजनपछिको चुक्ता पूँजीमा गणना गरिएको हो भने मूल्य आम्दानी अनुपात माघ २९ गतेको अन्तिम कारोबार मूल्यका आधारमा गणना गरिएको हो।)

  • मूल्य आम्दानी अनुपात

वाणिज्य बैंकहरुमा नेपाल बंलादेश बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा थोरै रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात १०.८३ गुणा  छ।

यता सिभिल बैंकको भने मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै २१.३७ गुण रहेको छ। समान्तया १५ गुणाभन्दा कम मूल्य आम्दानी अनुपात रहेका कम्पनीहरु राम्रा मानिन्छा्। औषतमा बैंकहरुको मूल्य आम्दानी अनुपात १३.९४ गुणा छ।

  • लगानीमा प्रतिफत

वाणिज्य बैंकहरुमध्ये एनआइसी एशिया बैंमा लगानीको उच्च प्रतिफल रहेको देखिएको छ। एनआइसी एशियया बैंकको लगानीमा २५.१७ रुपैयाँ प्रतिफल रहेको छ। त्यस्तै सिभिल बैंकमा भने लगानीको प्रतिफल सबैभन्दा कम रहेको छ। बैंकमा लगानीको ५.८८ रुपैयाँ मात्र प्रतिफल रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।