नेपाल एसबिआईको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

Feb 14, 2020 08:23 AM Merolagani



नेपाल एसबिआई बैंक (SBI) ले माघ २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। बैंकको साढे दुई अर्ब रुपैयाँ बराबरको १० प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८६ मा अब फागुन २४ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष अवधि भएको वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी उक्त ऋणपत्र बिक्रीमा ल्याएको हो।

बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र प्रतिकित्ता एक हजार रुपैयाँका दरले एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नेछ जस मध्येमा ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र म्युचुअल फण्डका लागि छुट्याएको छ। बाँकी एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत गत तवरबाट बिक्री गर्नेछ।

उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। सिआश्वा प्रणालीमा आवद्ध भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र कुमारी क्यापिटल मार्फत उक्त ऋणपत्रमा आवेदन गर्न सकिनेछ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एलएए’ रेटिङ्ग पाएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।