ङादीको लाभांश घोषणा, बुकक्लोज कहिले?

Feb 14, 2020 08:44 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको फागुन १ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गर्नेछ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन २७ गते वार्षिक साधारण सभा आयोजना गर्नेछ। साधारण सभा तथा नगद लाभांश प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुकक्लोज गर्ने भएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।