ङादीको लाभांश घोषणा, बुकक्लोज कहिले?

Feb 14, 2020 08:44 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको फागुन १ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गर्नेछ।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन २७ गते वार्षिक साधारण सभा आयोजना गर्नेछ। साधारण सभा तथा नगद लाभांश प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुकक्लोज गर्ने भएको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।