शिखर इन्स्योरेन्सको बुकक्लोज

Feb 16, 2020 02:29 PM Merolagani



शिखर इन्स्योरेन्स (SICL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ फागुन १३ गते बुकक्लोज गर्ने भएको छ। फागुन १ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन बुकक्लोज गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ। ३० प्रतिशतका दरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

सो हकप्रद शेयरमा फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।