स्टक डिलर कसरी आउँछ? र यसले कसरी काम गर्छ?

Feb 19, 2020 10:15 AM Merolagani



-सुधा देवकोटा

नेपालमा स्टक डिलरको चर्चा लामो समय देखि चल्दै आएको भएता पनि यो विषय शेयर बजारका लगानीकर्ताका लागि नयाँ विषयको रुपमा रहेको छ। नागरिक लगानी कोषले माघ २९ गते बुधबार “नागरिक स्टक डिलर” नामक कम्पनी दर्ता गराई सकेपछि अझ यसको चर्चा बढन थालेको देखिन्छ।

 यसले गर्दा बजारमा सकारात्मक ऊर्जा थपिएको पाउन सकिन्छ। स्टक डिलर सञ्चालन गर्न कम्पनी खडा भएपछि नेप्से परिसूचक पनि उल्लेख्य रुपमा बढेको देख्न सकिन्छ। उक्त कम्पनी खडा भएको दिनको बजार एक हजार ३४४.५९ बिन्दुमा रोकिएको थियो भने फागुन ६ गते मंलबारसम्ममा ५५.४२ अंकले बढेर एक हजार ४००.०१ विन्दुमा पुगेको छ।

चार कारोबार दिनको अन्तरालमा नै नेप्से परिसूचक ५५.४२ अंकले बढनुलाई लगानीकर्ताले स्टक डिलरलाई सकारात्मक रुपमा स्वगत गरेका छन् भन्ने बुझिन्छ।

यद्यपि स्टक डिलरको काम गर्नका लागि कम्पनी खडा गरि सकेको भएता पनि हालसम्म सञ्चालन गर्नका लागि आवेदन नदिएको नागरिक लगानी कोषले बताएको छ।

स्टक डिलरले बजारमा देखिएको अस्थिरतालाई सन्तुलन बनाउदै बजारमा स्थिरता कायम गराउनका लागि ठूलो भूमिका रहने शेयर विश्लेषकहरु बताउछन्। जसले गर्दा बजारमा देखिने ठूलो अस्वभाविक उतारचढावलाई नियन्त्रणमा राख्ने काम गर्दछ।

उदाहरणका लागि यदि बजारमा अस्वभाविक रुपमा बढेर उच्च विन्दुमा पुग्दा डिलरले आफुसँग भएको शेयर बिक्री गरि शेयर आपुर्ति बढाउने काम गर्दछ भने अर्को तर्फ बजार सूचक झरेर न्युन विन्दुमा झर्न सक्ने सम्भावना देखिएमा आपुर्ति भन्दा शेयरको मात्र बढाएर बजारमा सन्तुलन राख्ने काम  गर्दछ।

नागरिक लगानी कोषले स्टक डिलरको काम गर्नका लागि कम्पनी खडा गरेर तयारी अवस्थामा बसेको छ। तर स्टक डिलर सम्बन्धि काम कसरी गर्ने भन्ने बारेमा कुनै तयारी नभएको नेप्सेले बाएको छ। डिलर सञ्चालन कसरी गर्ने भन्ने सम्बन्धमा कुनै निर्देशिका तथा कार्याबिधि नबन्दा स्टक डिलर तत्काल आउनेमा लगानीकर्ताहरुले आंशका गर्न थालेका छन्।

यता धितोपत्र बोर्डले स्टक डिलर स्थापना गर्नका लागि नियमावली अर्थमन्त्रालयबाट पास गराएर राखेको छ तर डिलरसिप सञ्चालन गर्नका लागि निर्देशिका बनाउने तयारीमा जुटेको भने पाईदैन्।
डिलरसिप सञ्चालन सम्बन्धी काम गर्न अनुमति दिने धितोपत्र बोर्ड र काम सञ्चालन गर्ने सम्बन्धी निर्देशिका बनाउने नेपाल स्टक एक्चेञ्ज विचमा समन्वय नहुदा पनि यस्तो समस्या भएको बुझ्न सकिन्छ।

डिलरसिप सञ्चालन गर्ने निर्देशिका बनाउने बारेमा नेप्सेमा कुनै जानकारी नगराउदा पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेप्से तै चुप मै चुप अवस्थामा रहेको देख्न सक्निछ। बजार सम्बन्धी नियामक निकायको यस्तो चाल देख्दा स्टक डिलरको काम तत्काल नहुने पक्कापक्कि देखिन्छ।

यसरी बजारमा स्टक डिलर सम्बन्धि काम गर्न कम्पनी खडा भएसँगै लगानीकर्तामा यसले कसरी काम गर्छ र बजारमा यसको प्रभाव कस्तो पर्न सक्छ भन्नेबारेमा जिज्ञासा बढेको पाइन्छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।