नेप्से बढ्ने क्रम जारी, ५ कम्पनीको शेयरमूल्यमा सर्किट

Feb 19, 2020 03:50 PM Merolagani



यस साताको पहिलो कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। यस दिन नेप्से परिसूचक ५.२४ अंक बढेर एक हजार ४०५.२५ विन्दुमा पुगेको छ।

बुधबार नेप्से परिसूचक सामान्य अंक बढ्दा ५ कम्पनीहरुको शेयरमूल्यमा सर्किट लागेको छ। यस दिन ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो भने एक कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।

यस दिन आशा लघुवित्त, सामुदायिक लघुवित्त, बोटलर्स नेपाल (तराई) र कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो भने मल्टीपपर्स फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको हो।

यस दिन शेयरमूल्य सर्वाधिक बढ्ने १० कम्पनीहरुको सूचीमा ७ वटा लघुवित्त कम्पनी नै रहेका छन् भने दुई उत्पादनमूलक कम्पनी रहेका छन्। उत्पादनमूलक कम्पनी र लघुवित्त कम्पनीको शेयरमूल्य उच्च दरमा बढेसँगै यस उपसमूहहरुको परिसूचक पनि सोही दरमा बढेको छ।

कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेकोमा लघुवित्तको ४.३४ प्रतिशत र उत्पादनको ३.४९ प्रतिशत बढेको छ। त्यसैगरी, व्यापार उपसमूहको परिसूचक यस दिन ०.९३, अन्यको ०.६५, हाइड्रोपावरको ०.४७ र विकास बैंकको ०.३ प्रतिशत बढेको छ।

यस दिन १७७ कम्पनीको १५ हजार ५३ पटकको कारोबारमा १ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ बराबरको ३४ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स अगाडि रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, हिमालयन डिष्टिलरीको यस दिन १२ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

समूहगत आधार यस दिन लघुवित्त उपसमूहका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ। यस दिन लघुवित्त कम्पनीहरुको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, वाणिज्य बैंकहरुको यस दिन ३६ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिनको मोस्ट पपुलर बाईमा सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्त लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेलमा शिखर इन्स्योरन्स, सोल्टी होटल लगायतका कम्पनीहरु परेका छन्।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।