लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने तयारीमा रहेको एनआईसी एशिया लघुवित्तको प्रगतिउन्मुख विवरण

Feb 20, 2020 09:23 AM Merolagani



लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने तयारीमा रहेको एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकहरुमा सुधार भएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ करोड ३५ लाख रुपैयाँ अर्थात ९२.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले ५ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। पुस मसान्तसम्ममा ७९ करोड ४९ लाख रुपैयाँ निक्षेप तथा ४ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको यस लघुवित्तले सो अवधिसम्ममा २२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९ करोड २ लाख रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७ करोड ४९ लाख रुपैयाँ बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ।

१ अर्ब ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। लघुवित्तले निष्काशन गर्न लागेको यो आईपीओ लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो।

सो आईपीओलाई केयर रेटिङ्गस् नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ। जाजरकोटको खलंगामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको यस लघुवित्तले गत मंसिर २३ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामार्फत आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।